पत्रपत्रिकारवि लामिछाने र डा. सिके राउतलाई सरकारमा जान नदिन कसरत, मधेशमा पुनः जसपा सरकार ?
दिल्लीमा उनले नेपालमा प्रभाव पार्न सक्ने नेताहरु संग भेटघाट तथा मुख्यमन्त्री आफूले पाउने वातावरण निर्माणका लागि त्यहाँ पुगेको स्रोतको भनाइ छ । जसपाप्रति पाँच दलीय गठबन्धन जनमत भन्दा बढी लचिलो देखिएपछि उनी दिल्ली पुगेका छन् । हुनत सभामुख यादवलाई यसभन्दा पहिला पनि मुख्यमन्त्री बन्ने इच्छा थियो तर, मुख्यमन्त्री लालवावु राउतले राजिनामा नदिएपछि उनी मुख्यमन्त्रीको रेसबाट आउट भएका थिए । तर, यस पटक उनी कम्मर कसेर मुख्यमन्त्रीको रेसमा आउन लागेका छन् ।
३ वर्ष अगाडि · पत्रपत्रिका









