जनमत पार्टीको संगठन विस्तार तीव्र : सिरहामा दलित जनमत संघ गठन

डा. राउतको नेतृत्वमा जनमत पार्टी गठन भएदेखि नै पार्टीको संगठन विस्तारसँगै जनवर्गीय संगठन निर्माणको क्रम पनि तीव्र छ ।

२०७६ कार्तिक ४ सोमबार
रति १०:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघको सिरहा समिति गठन गरिएको छ ।

 

सोमबार एक कार्यक्रमबीच संतोष पासवानको नेतृत्वमा जिल्ला दलित जनमत संघ गठन गरिएको हो । सिरहाको मिर्चैया नगरपालिका–६ मा अवस्थित योग भवनमा बसेको बैठकबाट गठित समिति २५ सदस्यीय रहेका छन् । 

 

जनमतका कारिराम पासवानको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार यादव (त्यागी) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ठूलो संख्यामा नेता कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमको विशिष्ट अतिथिका रुपमा दलित जनमत संघ धनुषाका संयोजक रघुविर महासेठ सरिक थिए ।

 

तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. राउतको नेतृत्वमा जनमत पार्टी गठन भएदेखि नै पार्टीको संगठन विस्तार कार्य तीव्र रुपमा चलिरहेको छ भने जनवर्गीय संगठन निर्माणको क्रम पनि तीव्र छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७६ कार्तिक ४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus