सिरहा : लागुऔषध खाएर हप्ता असुलिरहेका हवल्दार फन्दामा

हप्ता असुली गर्ने क्रममा स्थानीयसँग झडप हुँदा स्थानीयबासीले हवल्दार र उनको साथीलाई प्रहरीमा बुझाएका हुन् ।

२०७६ कार्तिक ३ आइतबार
रति ८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रतिबन्धित लागुऔषध खाएको हवल्दारसहित एकजना पक्राउ परेका छन् ।

 

ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत हवल्दार सुरेन्द्र राम र लहान नगरपालिका वडा नम्बर १९ का विरेन्द्र महतोको छोरा अन्दाजि वर्ष २५ का रामशंकर महतोलाई कचनारी प्रहरीले पक्रउ गरेको हो । हवल्दार रामको दरवन्दी गुल्म २ जनकपुर गणमा छन् ।

 

भारतको लोकहा बजारबाट लागुऔषध सेवन गरी सिमावर्ती क्षेत्र नर्गी चौकमा प्रहरी हवल्दारले सर्वसधारण र लहान नगरपालिका ५ को रंजित कुमार साहले घराईसी परीयोजनको लागि ल्याईरहेको समानमा हप्ता असुली गर्ने क्रममा स्थानीयसँग झडप हुँदा स्थानीयबासीले हवल्दार र उनको साथीलाई ईलाका प्रहरी कार्यालय कचनारीमा बुझाएका हुन् ।

 

पक्राउ परेका हवल्दारसहित दुबैजना माथि थप अनुसन्धानसहित आवश्यक कारवाही अगाडि बढाइएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७६ कार्तिक ३ आइतबार

Bureau Menus