धनुषामा हातहतियार सहित ४ पक्राउ !

हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

२०७६ असोज ५ आइतबार
बेलुकी ५:२२ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले हातहतियार सहित धनुषाबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

 

धनुषाको विदेह नगरपालिका वडा नं. ६ बस्ने स्थानीय अविनाश मण्डल नामक युवकले घरमा हातहतियार राखेको सुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विशेष सुचनाको आधारमा मण्डलको घरमा खानतलासी गर्दा हातहतियार फेला परेको बताइएको छ । ईलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी गिद्दाबाट खटि गएको टोलीले रितपूर्वक उनको घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको जनाइएको छ । 

 

सो घटनामा विदेह नगरपालिका वडा नं. ६ कै बर्ष २१ का लक्ष्मी मण्डल, सिरहाको औरही नगरपालिका वडा नं. ६ लरहिया बस्ने अन्दाजी बर्ष ३५ का मिश्री लाल मण्डल र त्यही बस्ने बर्ष १९ का सोबिन मण्डललाई समेत पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus