संचारकर्मी अनन्त अनुराग सम्मानित 

२०६२/६३ जनआन्दोलन २ को समयमा उनी सक्रिय भएर समेत सडक आन्दोलनमा सहभागि भएका थिए ।

२०७६ भदौ ३० सोमबार
रति ९:०९ बजे
महेन्द्रनगर डेस्क, धनुषा


न्यूज ब्यूरो, काठमाडौं । प्रदेश नं. २ सप्तरीका अनुभवी संचारकर्मी अनन्त अनुराग सम्मानित भएका छन् ।


प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले कार्यक्रम प्रस्तोता पत्रकार अनुराग सहित पत्रकारिता र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ४ जनालाई आइतबार ‘राष्ट्रिय सम्मानपत्र’ द्वारा सम्मान गरेको हो । पत्रकार अनुसार विगत लामो समय देखि एविसी टेलिभिजनमा समसमायिक बिषयमा बहस कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ । उहाँ एविसी टेलिभिजनको दैनिक कार्यक्रम एविसी वाच र स्टे«ट टकका प्रस्तोता हुन । 


प्रतिष्ठानले चर्चित समाचार बाचिका प्रतिमा चौधरी, कलाकार लोक पौडेल र दीपक तिवारीलाई पनि सम्मान गरेको छ । स्मृतिसभामा प्रतिष्ठानले गरेको गतिविधि समेटिएको स्मारिका लोकार्पण गरिएको छ । स्वर्गीय प्रभुनारायण चौधरी नेपालको चर्चित कम्युनिष्ट नेता थिए । 


नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल सँग कम्युनिष्ट आन्दोलनमा समेत उनी सहभागि भएका थिए । २०६२/६३ जनआन्दोलन २ को समयमा उनी सक्रिय भएर समेत सडक आन्दोलनमा सहभागि भएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७६ भदौ ३० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus