'विषालु सर्पदंशपछि धामीझाँक्रीमा होईन, अस्पताल पुरयाए १००% बाँच्छ'

समयमै अस्पताल पुरयाए १०० प्रतिशत निको हुने र विरामीलाई बचाउन सकिने बताइएको छ । 

२०७६ असार १८ बुधबार
दिउसो १२:३९ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा बर्षायाम सुरु भएलगत्तै तथा गर्मीको मौसम चढेलगत्तै विषालु सर्पहरुको बिगबिगी बढेको हो । 

 

यसैक्रममा सर्पदंशबाट प्रत्येक वर्ष सयौं मानिसले ज्यान गुमाईरहेको भन्दै यसबारे जनचेतना जगाउन धनुषाको विभिन्न ठाउँमा सर्पदंश सम्बन्धी जागरण अभिमुखिकरण तालिम सुरु गरिएको छ । सर्प संरक्षण र सर्पदंश न्यूनिकरणका लागि जनचेतना अभियान चलाईएको हो । वन कार्यालयको सहयोगमा मिथिला वाइल्ड लाईफ ट्रस्ट धनुषाको आयोजनामा जनचेतना तालिम सुरु गरिएको हो । 


जनकपुरको विभिन्न ३० वटा कलेज सहित गाउँ गाउँमा घुम्दै सुरक्षाकर्मीहरुलाई समेत सर्पको प्रकार, सर्पदंशबारे तालिम प्रदान गरिरहेको छ । ट्रस्टका अध्यक्ष देव नारायण मण्डलको अगुवाईमा आज जनपद प्रहरी र सशस्त्र प्रहरीलाई धनुषाधाममा तालिम प्रदान गरिने भएको छ । प्रत्येक वर्ष ७२ प्रतिशत मृत्यू सर्पदंशकै कारण भईरहेको भन्दै समयमै अस्पताल पुरयाए १०० प्रतिशत निको हुने र विरामीलाई बचाउन सकिने बताइएको छ । 

 


उनले भने, सर्पदंश दुर्घटना हो र समयमा उपचार गरे यो ठिक हुन्छ । मान्छेलाई बचाउन सकिन्छ । तर धामीझाँक्री उपरको अन्धविश्वासका कारण कैयौं जनाले आफ्नो ज्यान गुमाएका हुन् , त्यसैले सर्पदंश (सर्पले टोक्दा) धामीझांक्रीमा नगएर सिधा अस्पतालमा जान आग्रह गर्दछु । 


तालिममा सर्पको संरक्षणबाट वातावरणलाई हुने फाईदा, मानिसलाई हुने फाईदा बारे प्रकाश पार्नुका साथै सर्प संरक्षणको उपाय सहित सर्पदंश गरेमा बच्ने उपायहरु बारे प्रकाश पारिदैछ । सर्पदंशबाट बच्नको लागि के गर्नुपर्छ वा के गर्नुपर्दैन भनेर तालिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा आम नागरिकलाई समेत तालिम प्रदान गरिरहेको छ । 


सर्पले टोकेमा के गर्ने के नगर्ने ध्यान दिनुहोस् । 

 

यसका साथै, तराईमा पाईने विभिन्न प्रकारको विषालु सर्पहरुको बारे समेत जानकारी गराइन्छ । तराई मधेशमा ९६.५ प्रतिशत सर्प विषालु नरहेको तथा मात्र ३.५ प्रतिशत सर्प विषालु रहेको जिकीर गरिएको छ । अध्ययन अनुसार ३.५ प्रतिशतका ती प्रकारका सर्पहरु बारे जानकारी राख्नु र टोकेको बेला कसरी बच्ने भन्ने बारे जानकारी गराइएको छ । 


बर्षायाम चढेलगलत्तै तराई मधेशमा सर्पहरुको बिगबीगी बढेको भन्दै यसलाई मार्नुभन्दा पनि बचाउनु आजको आवश्यकता रहेको औल्याईएको छ  । सर्प नरहे वातावरणमा विष फैलिने डर रहेकोले सर्प बचाउन सबैमा आग्रह गर्दै विषालु सर्प देखेको खण्डमा तत्कालै मिथिला वाईल्ड लाईफका अध्यक्ष देव नारायण मण्डलको मोबाईल नं.  मा फोन गर्न आग्रह गरिएको छ ।


मँगलबार धनुषाधाममा गरिएको तालिममा धनुषधाम नगपालिकाका निमित प्रमुख प्रशाकिय अधिकृत  निरज श्रीवास्तव,  स्वास्थ्य शाखा प्रमुख शैलेन्द्र यादव लगायत नगरपालिका भरिका स्वास्थ्य कर्मचारी लगायत जनप्रतिनिधिको उपस्थित रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ असार १८ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus