२०औं हजार मार्नेहरु मन्त्री भए, रेशमजी 'चौधरी' भएकै कारण जेल कोँचिए : प्रदीप यादव

रेशमले थारुको अधिकारका लागि आन्दोलन मात्र गरेको र कसैको ज्यान नलिएको दावी समेत गरे ।

२०७६ असार ८ आइतबार
दिउसो ४:५७ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सांसद रेशम चौधरी उपरको राज्यको व्यवहारप्रति आपत्ति जनाएका छन् । 

 

आईतवारको प्रतिनिधि सभाको बैठकमा सांसद यादवले टकापुर घटनामा अदालतबाट दोषी ठहर भएका सांसद चौधरी निर्दोष रहेको दावी गर्दै राज्यले अन्याय गरेको बताएका हुन् ।

 

उनले सांसद चौधरीलाई फलामे जंजिर लगाएर उपचार गरिएकोमा सरकारको कडा आलोचना गरे । यादवले रेशम ‘चौधरी’ भएकै कारण जेल कोँचिएको बताए । उनले भने, ‘यदी उनी चौधरी नभएको भए यतिखेर संसदमा हुन्थ्यो ।’ 

 

उनले सांसद रेशमले थारुको अधिकारका लागि आन्दोलन मात्र गरेको र कसैको ज्यान नलिएको दावी समेत गरे । उनलाई शपथ खुवाएर पनि जेलमा राखिएको भन्दै साँसद यादवले आक्रोश पोखे । 

 

नेता यादवले २० औँ हजार हत्या गर्नेहरु मन्त्री, प्रधानमन्त्री भएको र उनी थारु भएकै कारण जेलमा कैद गरिएको आरोप लगाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ असार ८ आइतबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus