सेफ नेपालको आयोजनामा ४५ दिने सिलाइ कटाइ तालिमको उद्घाटन

२०७६ बैशाख १६ सोमबार
रति ८:१२ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, धनुषा ।   धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सेफ नेपालको आयोजनामा ४५ दिने सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ । 


गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग र सेफ नेपालको आयोजनामा  वडा नं. ९ स्थित बरमझियामा बैसाख १६ गतेबाट सिलाइ कटाइ तालिम शूरु गरिएको छ । 

 

महिलाहरुको आर्थिक सशक्तिकरण लागि तालिम शूरु गरिएको वडा अध्यक्ष दायाराम यादवले बताएका छन् । आजबाट शूरु भएको तालिम ४५ दिनसम्म चल्नेछ । तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि  समेत रहनु भएकी उपमेयर मिना यादवले तालिमको विधिवत रुपमा उद्घाटन गर्नु भएको छ  । २५ जना गरिव दलित महिलाहरुको सहभागितामा  सिलाइ कटाइ तालिम संचालन गरिएको हो । 


महिलाहरुलाई सिलाइ कटाइ सम्बन्धि सीपमुलक तालिमको माध्यमबाट स्वरोजगार सृजना गर्न र आर्थिक रुपमा सशक्त बनाई हिंसा न्युनिकरण गर्न र आत्मसम्मानका साथ परिवारमा बस्नको लागि यो तालिम कार्यक्रम संचालन गरेको उपमेयर मिना यादवले बताउनु भएको छ । 


समाजमा भईरहेको विभिन्न समस्याहरुको विरुद्धमा सक्रिय भई सभ्य समाजको निर्माण गर्न तालिमको आयोजना गरिएको वडा अध्यक्ष दायाराम यादवले बताए । समाजमा देखिका महिला हिंसा, रुढीवादी परम्पराको अन्त्य गर्नको लागि यस प्रकारको महिला मुखि तालिमको आयोजना गरिनु पर्ने पुर्व गाविस अध्यक्ष एवं स्थानीय नेता विसुनदेव यादवले बताए ।  

 

गणेशमान चारनाथ नगरपालिका वडा नं। ९ बरमझियामा बसोबास गर्दै आएको महिलाहरुको अवस्थालाई केलाउँदा प्राय महिलाहरु कम पढेलेखेका, आर्थिक पहुँच नभएको तथा सामाजिक बन्धनमा दैनिकी विताईरहेको महिलाहरुकोे आर्थिक रुपले सशक्त हुन तथा आत्मनिर्भर हुनको लागि तालिम संचालन गरिएको स्थानीय नेता हसन मोलवीले बताए । 


यस तालिमको माध्यमबाट सिलाई कटाईसम्बन्धि क्षमता विकास हुनुको साथै महिला समुहको रुपमा गठन गर्ने र नगरको विकासमा महिलाको योगदानको मह्त्व र आवश्यकताको विषयमा समेत अवधारणागत स्पष्ट पार्ने र यस तालिमको अवधीमा महिला हिंसा विरुद्ध, मानव अधिकार, महिला अधिकार, नगर विकासमा महिलाको भुमिका लगायतका विषयहरुमा समेत अभिमुखिकरण तथा  छलफल गरिने सेफ नेपालको उपाध्यक्ष विनोद महराले बताए ।  


यस तालिममा कार्यापालिका सदस्य फुलो देवी महरा, वडा सदस्य दामोदर यादव, सहिद नदाफ र लक्ष्मीनिया गरेरीले तालिम कार्यक्रमको शुभकामना सहित सफलताको कामना गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७६ बैशाख १६ सोमबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus