फोरमको एकता अधिबेशनबाट धनुषाधामको नगर अध्यक्षमा 'यादव'

संघीय समाजवादी फोरम नेपाल मधेशी र मधेशको हकहितको लागि लडाई लडेको बताइन् ।

२०७५ चैत ३० शनिबार
बिहान ०८:११ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, धनुषा ।  संघीय समाजवादी फोरम नेपाल धनुषाधाम नगरपालिका प्रथम एकता अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ । 


संघीय समाजवादी फोरम नेपाल धनुषाधामका नगर संयोजक ज्ञान कुमार यादवको अध्यक्षता एवम साँसद चमेली देबि दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त एकता अधिबेशनबाट धनुषाधाम नगरपालिकाको नगर अध्यक्षमा विनोद यादवलाई चयन गरिएको हो । 


चयन गरिएको २३ सदस्यीय समितिको अध्यक्षमा यादवलाई चयन गर्दै उपाध्यक्षमा सँजीव कुमार यादव, सचिवमा राम पुकार यादव, सह सचिवमा राम अशिष साह तथा कोषाध्यक्षमा  सिहन्ता देवी यादवलाई चयन गरिएको हो ।  

 

सो एकता अधिबेशनको उदघाटन सत्रमा बोल्दै साँसद चमेली देवी दासले पार्टी एकताको संकेत नै विभिन्न जातजातीलाई एक ढिक्कामा समेटेर एकताको परिचय दिएको प्रति कृतज्ञता व्यक्त गरिन । उनले आफू धनुषाधाम जस्तो धार्मिक नगरीमा आएर आफूलाई धन्य एवम हर्षित महसुस गरेको सुनाइन सुनाउँदै देशमा संघीय समाजवादी फोरम नेपालले समावेशी एकताको परिचय दिएको दाबी गरिन् । 

 

उनले मधेश र मधेशीको अधिकारको लडाईमा उनीहरुको अधिकारको लागी लडने फोरम बाहेक अन्य कुनै पार्टी वा राजनीतिक दल नभएको जीकिर गरिन । संघीय समाजवादी फोरम नेपाल मधेशी र मधेशको हकहितको लागि लडाई लडेको बताइन् ।

 

सो अधिबेशनको क्रममा नगर सँयोजक ज्ञान कुमार यादवले देशमा मधेसी समुदायको लागि उनको अधिकारको लागि पनि लडने संघीय समाजवादी बाहेक अन्य कुनै पार्टी नभएको बताए । उनले यस एकता अधिबेशनबाट चयन गरिएको नयाँ कार्यसमितिको कार्यकालको लागि शुभकामना तथा बधाई ज्ञापन गरे । 

 

कार्यक्रममा बिशिस्ट अतिथीको आसनबाट बोल्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य दिपक कार्कीले अधिबेशन सफलता पूर्वक सम्पन्न गराउन अहम भूमिका निर्वाह गर्ने स्थानीय आयोजकलाई धन्यवाद दिँदै अधिबेशनमा उपस्थित समर्थक एवम् कार्यकर्ताहरुको उपस्थितिले उत्साहीत बनाएको प्रतिक्रिया दिए । 

 

सो अधिबेशनमा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनीधि, नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७५ चैत ३० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus