एकैपटक ३ सन्तान पाएका गरिब परिवार बच्चा सहित जनकपुर अञ्चल अस्पतालमै बन्धक !

भर्ना भएको अर्को दिन सुनिताले केहि मिनेटको अन्तरालमा ३ वटा सनतानलाई जन्म दिइन् ।

२०७५ चैत २८ बिहीबार
रति ८:१० बजे
न्यूज ब्यूरो | नेपाल
तस्विर : रातोपाटीडटकमबाट पत्रकार किरण कर्णको क्लीक ।


न्यूज ब्यूरो, जनकपुरधाम ।   जनकपुरमा एक महिलाले एकैपटक ३ सन्तानलाई जन्म दिएकी छिन् । रकमको अभावमा आमाले एकैपटकमा जन्म दिएकी ३ सन्तानलाई अस्पतालबाट घर लग्न नसकेपछि बिच्चलीमा परेकी छिन् । 

 

न्यून आय आर्जन गरि घर–परिवार पाल्दै आएका ती परिवारका लागि हर्ष न विष्मात भएको छ ।  एकैपटकमा ३ सन्तानलाई जन्म दिएपछि पालनपोषण र हुर्काउने कुरा आफ्नो ठाउँमा छँदैछ । त्यसमाथि पनि जब अस्पतालको बिल भुक्तानी गर्नुपर्ने कुरा आएपछि ति परिवार अहिले जनकपुर अञ्चल अस्पतालको बन्धक बनेका छन् । 

 

ति परिवारले अस्पताललाई एक लाख ५३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यसपछि मात्रै उनले आफ्नो सन्तानलाई लैजान पाउनेछिन् ।

 

यस्तो छ कथा

२ साताअघि सुनिता साह घरमा काम गरिरहेको अवस्थामा एक्कासी पेट दुख्न थालेपछि उनले पति गणेश साहलाई यसबारे जानकारी गराईन् । सो दिन बिहानै पतिको साथमा उनी सर्लाही जिल्लाको बैलवास नगरपालिका – ७ स्थित खोरिया टोलबाट प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालको रुपमा रहेको जनकपुर अञ्चल अस्पतालमा आइन र भर्ना भइन् । 

 

भर्ना भएको अर्को दिन सुनिताले केहि मिनेटको अन्तरालमा ३ वटा सनतानलाई जन्म दिइन् । एकैपटकमा ३ सन्तानलाई केहि समयको अन्तरालमा जन्म दिएपछि ति सन्तानहरुलाई आईसीयु कक्षमा भर्ना गर्नुपरेको थियो ।

 

१८ दिनसम्म तिनै जना सन्तानलाई आईसीयु कक्षमा भर्नाका लागि राखियो । दुई छोरी र एक छोरालाई जन्म दिएपछि तिनै जना बच्चाको तौल भने करिब डेढ किलोग्रामसम्म छ । र, अहिले तिनै बच्चा सामान्य भएपछि आईसीयु कक्षले बच्चाहरुलाई डिस्चार्ज गर्न भने । 

 

सुनिताका पति गणेशले जोहो गरेर ल्याएका करिब ५५ हजार रुपैयाँ लिएर उनी काउण्टरमा पुगे । तर जब अस्पतालले ३ वटा बच्चाको प्रति बच्चाको आईसीयु कक्षको चार्ज ५१÷५१ हजार रुपैयाँको बिल दिएपछि उनी अक्क न बक्क भए । रकम अभावकै कारण उनी विभिन्न ठाउँमा भौतारिदैँ छन् ।

 

अस्पतालले आज बिहिबारसम्म डिस्चार्ज नगरेमा अर्को दिनदेखि प्रति बच्चा थप ३ हजार रुपैयाँको दरले भुक्तानी गर्नुपर्ने भनेपछि अहिले ति परिवार बिच्चलीमा परेका छन् । सामान्य मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका ४० वर्षीय गणेश साह अहिले बिच्चलीमा परेका छन् भने उनीसँगै गणेशका सासु पवित्रादेवी साह र ४ वर्षीय छोरा नितेश साह छन् । 


बच्चाहरु आईसीयु कक्षमै रहेकोले आमा सुनिताले समय–समयमा आएर दुध खुवाउने गरेकी बताइन् । यता आईसीयु कक्षका डा। दिपक साहले आजै बच्चाहरुलाई डिस्चार्ज गरेको, तर बच्चाका परिवारले हालसम्म नलगेकाले समस्या भइरहेको जनाए । यता अस्पतालले डिस्चार्जको चार्ज भुक्तानी नगरेसम्म तिनै सन्तान हस्तान्तरण गर्न नमिल्ने जनाएको छ । 

 

कहाँ छ, ‘बेटी बचाउ बेटी पढाउ’ अभियान ?

यसरी आफैँले जन्म दिएकी २ छोरीसहित ३ सन्तानलाई अस्पतालले बन्धक बनाएर राखेपछि प्रदेश सरकारले समेत वास्ता गरेको छैन । 

निम्न मध्यम गरिब परिवार रहेकै कारण नवजात शिशुलाई निरोगी हुने स्थल अस्पतालबाट लैजान नपाउँदा प्रदेश सरकारको अति नै लोकप्रिय अभियान ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम बोलीमा मात्र सीमित रहेको छ । छोरीलाई लक्षित गरी प्रदेश सरकारले घोषणा गरेको कार्यक्रमलाई कतिपयले फितलो रहेको र नारामा मात्रै सिमित रहेको समेत टिप्पणी गरेका छन् ।

 

मानव अधिकारकर्मी वीरेन्द्र कर्णले तत्काल पीडित परिवारलाई अस्पताल र प्रदेश सरकारले सन्तानलाई हस्तान्तरणका लागि पहलकदमी लिनुपर्ने बताए । यसरी नवजात शिशुलाई गरिब परिवारमाथि अत्याचार गर्न नमिल्ने उनले बताए ।

=================================


समाचार स्रोत  : जनकपुरका पत्रकार किरण कर्णले रातोपाटी अनलाईनमा समाचार लेख्नुभएको छ । यो समाचार सम्बन्धित श्रोतको पूर्ण सहमति र आदेशमा साभार गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus