न्यूज ब्यूरो, रौतहट । रौतहटको विभिन्न स्थानबाट विभिन्न प्रलोभनमा अवैध रुपमा बालबालिकाहरुको तस्करी रोकीएको छैन
।शुक्रबार पनि ग्रामिण विकास केन्द्र नेपाल नामक सन्थाले भारतको दरभंगाबाट २ बालकलाई उदार गरि उनिहरुलाई उनिहरुको अभिभावकको जिम्मा लगाएको छ । भारतको मुम्बई लगायतको सहरमा राम्रो काम दिलाई राम्रो आम्दानीको प्रलोभन देखाई रौतहट जिल्लाको गुजरा नपा वडा नंं ८ सिमरा भवानीपुरका वर्ष ११ का मो. एहसान उर्फ जाफर सदिक र वाड नंं. ४ कनकपुरका वर्ष १३ का शेख नजमुदिनलाई परिवारको जिम्मा लगाएको हो ।
भारत बिहार राज्यको दरभंगा स्टेशनमा दलालहरुले छोडी भागेको बालकहरुलाइ स्थानीय प्रसासनले उदार गरि नजिकैको।बाल गृहमा जिम्मा लगाएका थिए । प्राप्त सूचनाको आधार मा बालकहरुलाई आरडसी आफ्नो जिम्मामा उदार गरि नेपाल फर्काएका थिए ।आर।दि सि नेपालले शुक्रबार रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाको रोहबरमा उनिहरुलाई अभिभावकको जिम्मा लगाएको आरडसीका सह सचिव ममता झाले बताईन ।
त्यस्तै भारत जान लागेका शंकामा भक्तपुर जिल्ला टोमरी टोलमा बस्ते वर्ष २० शान्ति साह तेली र काभ्रे जिल्ला पनौति नपा। वाड नं। ५ बस्ने वर्ष १८ की अंगिर्ता कार्किलाई रौतहट प्रहरीको सहयोगमा आरडिसी नेपालले गौर वस पार्कबाट उदार गरी चेन्ज एक्सन नेपालको सेफ हाउसलाई जिम्मा लगाई उनिहरुलाई सरक्षित घर फर्काउन सहयोग गरिएको आरडिसी नेपाल अध्यक्ष पारस हुसैनले जानकारी गराए ।
त्यस्तै भारत पच्क्षमी बंगाल जिल्ला बर्दमान ग्राम पंचायत सुसिला थाना हानुसग्राम पोष्ट अफिस घुसघुरा बस्ने ओविजित लोहारको श्रीमति वर्ष २८ कि लोहार कर्मकार भन्ने टगरी लोहारलाई घर फर्काउन भारतीय प्रशासनको जिम्मा लगाएको समेत अध्यक्ष हुसैनले बताए ।
पछिल्लो यो घटना क्रममले नेपालको विभिन्न स्थानबाट दिन्हु नेपाली बालबालीकाहरु विभिन्न प्रलोभनामा फसी भारत लगायतको देशहरुमा तस्करी भई रहेको देखिन्छ । यस्तो घटना प्रति नेपाल सरकार लगायत सम्बन्धीत निकायले ध्यान दिनु पर्ने अति आवश्यक रहेको छ ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०७५ चैत २३ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्





