यी हुन ९१ वटा मोटरसाईकल चोरी गर्ने गिरोह

त्यसमध्ये ३५ फेला परेका छन् भने ८ वटा मोटरसाइकल चोरीमा संलग्न व्यक्ति सहित फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांकमा उल्लेख छ । 

२०७५ माघ ३ बिहीबार
बिहान १०:४१ बजे
चन्दन रौनियार


सुनसरी, ३ माघ ।  चालु महीनाको अवधिमा विभिन्न स्थान बाट ९१ वटा मोटरसाइकल चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गर्दै ६ महिनाको अवधिमा जिल्लाको विभिन्न स्थान बाट चोरी भएको मोटरसाइकल सहित ९ जना मोटरसाइकल चोर लाई सार्वजनिक गरेको हो ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका ४ का आशिष श्रेष्ठको को ३५ प २७३५ नम्बरको २ सय सिसिको प्लसर मोटरसाइकल इटहरी उपमहानगरपालिका ५ का प्रदीप घिमिरेको को ३५ प ९३४ नम्बरको २ सय २० सिसिको प्लसर मोटरसाइकल, को २२ प ५२३५ नम्बर १८० सिसिको अपाची मोटरसाइकल,को १३ प ७६८५ नम्बरको १२५ सिसिको सुपर स्पलेन्डर, को ९ प ९०९७ नम्बरको १५० सिसिको डिस्कभर मोटरसाइकल सहित विभिन्न स्थान बाट मोटरसाइकल चोरी गर्ने समुह लाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दुहबी प्रहरीले पक्राउ गरिएको जनाएको छ ।


 जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न स्थान बाट मोटरसाइकल चोरीमा संलग्न व्यक्ति लाई पनि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरुमा दुहबी नगरपालिका वार्ड नम्बर ६ काली मन्दिर टोल बस्ने वर्ष २० का मोहम्मद अनवर मिया, सोही स्थान बस्ने वर्ष १९ का अब्दुल कादिर मिया, वर्ष १९ का जालम मिया, वर्ष १९ का मोहम्मद समीर मिया, गढी गाउँपालीका वार्ड नम्बर १ बस्ने २३ वर्षका सद्दाम हुसेन, इनरुवा नगरपालिका ७ चादबेला टोल बस्ने ३३ वर्षका प्रवीण कुमार सिंह, जिल्ला मोरङ ग्रामथान गाउँपालीका वार्ड नम्बर ५ सिमरिया टोल बस्ने २४ वर्षका ईरज धामी, मोरङ ग्रामथान गाउँपालीका वार्ड नम्बर ६ बस्ने वर्ष २५ का अनिरुद्र कुमार चौधरी, गढी गाउँपालीका वार्ड नम्बर १ मधेली बस्ने २७ वर्षका जीवन कुमार तवदार र इनरुवा नगरपालिका ५ बस्ने वर्ष २० का आशिष पोखरेल लाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दुहबी बाट खटिएको प्रहरी टोलिले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

 

यसैबीच, २०७५ श्रावण महिनायता सुनसरीबाट ९१ वटा मोटरसाइकल हराएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसमध्ये ३५ फेला परेका छन् भने ८ वटा मोटरसाइकल चोरीमा संलग्न व्यक्ति सहित फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांकमा उल्लेख छ । 


त्यसैगरी मोटरसाइकल चोरीमा संग्लन २५ जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसमध्ये ११ जना लाई मुद्दा चलाइएको छ भने १३ जना माथि अनुसन्धान जारी छ भने एकजना चोरीमा संग्लन व्यक्ति लाई काभ्रे बाट ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


सुनसरी सदरमुकाम इनरुवा क्षेत्र बाट ६ महिनाको अवधिमा २८ वटा, इटहरी क्षेत्र बाट २८ वटा र धरान क्षेत्र बाट २१ वटा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा क्षेत्र बाट आइतबार, बिहीवार र शनिबार बढी मोटरसाइकल हराएको छ भने इटहरी क्षेत्र बाट शुक्रबार, शनिबार तथा बुधबार र धरान क्षेत्र बाट शुक्रबार बढी मोटरसाइकल चोरीको घटना भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार होटेल तथा लजमा कपल जादा र असुरक्षित पार्किङ गरेको,हेण्डिल लक नगरेको मोटरसाइकलमा चोरको टार्गेट हुने गरेको छ ।


 सुनसरीको विभिन्न स्थान बाट चोरी गरेको मोटरसाइकल चोरहरुको समूहले पहाडी जिल्ला र भारतको विभिन्न स्थानहरु सम्म पुर्याउने गरेको डिएसपी फुयालले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus