डा. सिके राउतका प्रवक्ता खानलाई पनि अदालतबाट पक्राउ पूर्जी जारी 

पूर्जी १६ गते तालमेल गरिएको छ भने १७ गते मात्र दाखिल गरिएको उल्लेख छ । 

२०७५ पौष १९ बिहीबार
बिहान ०८:०९ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, १९ पुस । डा. सिके राउत सँयोजकत्वको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानलाई पनि पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको हो । 

 

स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता खानलाई राज्य विरुद्धको कसुर मुद्दा भन्दै उनलाई पक्राउ गर्नको लागि जिल्ला अदालत बाँकेले गत पुस १६ गते सोमबार नै पक्राउ पूर्जी जारी गरेको हो । गत पुस १७ गते मँगलबार स्थानीय प्रहरीले खानको परिवारलाई उनको नाममा काटिएको पक्राउ पूर्जी थमाएको जानकारी खानले दिए । 

 

खानको उपर दायर गरिएको अभियोग पत्रपछि पनि पक्राउ नपरेको भन्दै जिल्ला अदालतल बाँकेले उनलाई पक्राउको लागि म्याद पूर्जी समेत उनको घरमा टाँसिएको जनाइएको छ । म्याद पूर्जीपछि पनि पक्राउ नपरे तथा समयभित्र आफैँ अदालतमा हाजिर नभए खानको अंश रोक्का गर्ने अदालतको पक्राउ पूर्जीमा उल्लेख गरिएको छ । 

 

अदालतद्धारा जारी गरिएको उक्त पूर्जीमा समयमा अदालतमा हाजिर नभए खानलाई फरार करार दिँदै उनको अंश रोक्का गरिने तथा २ वर्षपछि पनि हाजिर नभए उनको अंश नै ऐन हकमा कारवाही गरिने छ । पूर्जी १६ गते तालमेल गरिएको छ भने १७ गते मात्र दाखिल गरिएको उल्लेख छ । 

 

यता, पक्रउा पूर्जी (आरेष्ट वारेन्ट) जारी भएपछि प्रवक्ता खानले  राज्यले आफू सहित अन्य मधेशी युवाहरुलाई बदनियत पूर्वक फसाँइरहेको प्रतिक्रिया दिएका छन् ।
न्यूज ब्यूरोसँग उनले भने,  - 'मेरो कुनै संगलनता नहुदां पनि बाकें जिल्ला अदालतले मेरो नाममा वारेन्ट पुर्जी जारीगरेको छ। हिजो १७ गते स्थानिय प्रहरी चौकिका जवानहरु परिवारलाई डराउदैं,हपकाउंदै मेरो परिवारलाई पुर्जी थमाएका थिए।    राज्य विरुद्धको कसुर अपराधमा पुर्जीजारी गरेकोछ।यसरी राज्यले षडयन्त्र पुर्वक म जस्तै तमाम युवाहरुलाई फंसाउने कार्यतिवरताका साथ गरिदैं छ। विचार र आस्था डा. सि के राउतको सहि लाग्यो भन्दैमा नेपालको प्रहरी प्रशासनले राज्यको विरुद्ध भयोभने झुंठा मुद्दामा फंसाउनेगर्द छ। यसरी विना अपराधको मुद्दा लगाउंदैमा डा. राउतको विचारलाई रोकिन कुनै हालतमा सकिदैना झन गतीले अगाडि बढछ,अब मधेशका युवा शक्ति एक जुटभई डा. राउतको बाटो रोज्नुको विकल्प छैन। साधै मधेशका चापलुस,पिच्छलग्गु दलाल मधेशी नेता भनाउदांहरुलाई समेत तह लगाउनुपर्छ ।'


   यसका साथै उनले राष्ट्रिय ,अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले हाम्रो समस्या प्रति गम्भीरता नदेखाए  यस्ता संगंठनहरु विरुद्ध पनि मधेशमा आन्दोलन गर्न मधेशका युवाहरु अगाडि बढनुपर्ने प्रतिक्रिया राखेका छन् । उनले भने, मधेशीहरुलाई वर्मामा रहेका रोहिगंयाहरु जस्तै हालत गरिने कुचक्र नेपाल सरकार गरिदैछ र हाम्रा बुढा नेताहरु तिनै नेपालीहरुको दलदलमा फंसेका छन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ पौष १९ बिहीबार

Bureau Menus