धनुषामा चोरहरुले एक पुरुषलाई कुटदाकुटदै मारे

पटक पटक उनकै घरमा चोर आउनु र केही पनि लिएर नजानुप्रति गाउँलेहरुको शंका उत्पन्न

२०७५ पौष १४ शनिबार
दिउसो १:४२ बजे
न्यूज ब्यूरो, डेस्क


जनकपुरधाम, १४ पुस । पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिकाका गएराती चोरहरुले एक स्थानीयलाई कुटदाकुटदै मृत्यूको खाटमा पुगाएका छन् ।

 

जनकनन्दनी गाउँपालिका वडा नं. ५ पतनुका टोलमा गएराती करिब १ः३० बजे समयमा चोरहरुको समूहले अन्दाजी वर्ष ५० का स्थानीय दुखरन साहलाई कुटदाकुटदै मारेको हो । चोर आएको हल्लापछि बाहिर निस्केका साहले चोरहरुलाई लखेटेको र चोरहरुले मिलेर कुटपिट गर्दा मृत्यू भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जनकनन्दनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डलले बताए । 

 

स्थानीय रामभगत कापरको घरमा चोरको तथा उनकी श्रीमतिको नाकको गहना चोरेर भागेपछि गुहार लगाएपछि नजिकै घर रहेको साहले लठ्ठी लिएर बाहिर निस्केका थिए । बाहिर निस्केका साहलाई तीन जना चोरहरु मिलेर घेराबन्दी गरी मारेको ती महिलालाई उदृत गर्दै वडाध्यक्ष मण्डलले भने । 

 

न्यूज ब्यूरोसँग उनले भने,- ' मेरै वडामा यस्तो घटना भएको छ । स्थानीय रामभगत कापर आफैँ वैदेशिक रोजागरीको क्रममा बस्दै आएका छन् । उनकी श्रीमति एक्लै गाउँभन्दा बाहिरको झुडपी किसीमको घरमा बस्दै आएकी छन् जबकी उनको घर गाउँमा पनि छ । रामभगत पछि उनको दाजु राम विलास कापर र त्यसपछि दुखरन साहको घर छ । विचरा बुढालाई घेराबन्दी गरी मारेका हुन् ।'

 

यसअघि पनि रामभगत कापरको घरमा यस्ता प्रकरण भएको बताउँदै उनले यसपटक पनि उनकै घरमा आएका चोरहरुले दुखरनको ज्यान नै लिएको थपे । उनले भने, चोरहरु तीन जना थियो रे । जसले यी घटना प्रत्यक्ष हेरे त्यो अरु कोही होइन रामभगक कापरकी श्रीमति र उनका बुवा थियो । जसले दुखरनलाई तीन जना मिलेर जनावर जस्तै कुटपिट गर्दै रहे र यीनिहरु रमिता हेर्दै बसे । 

 

पटक पटक रामभगत कापरकै घरमा चोरहरु जानु र केही पनि चोरेर नलग्नुमा शंका उत्पन्न भएको बताउँदै वडाध्यक्ष मण्डलले उनको घर बीच गाउँमा भएपनि आफ्नो बीच गाउँको घर छाडेर गाउँभन्दा परको झुपडीमा बस्नुमा पनि शंका नै लाग्छ । जबकी यसअघि पनि उनको घरमा चोरको समूह आएको थियो त्यति बेला पनि चोरहरुले कुनै समान नलगेर बनाएको माछाभात खाएर जानुमा पनि शंका स्वभाविक हो । 

 

गएराती भएको चोरीको क्रममा पनि उनको नाकको गहना लिएर चोरहरु भागेको रामभगत कापरकी श्रीमतिलाई उदृत गर्दै वडाध्यक्ष मण्डलले थपे । पटक पटक उनकै घरमा चोर आउनु र केही पनि लिएर नजानुप्रति गाउँलेहरुको शंका उत्पन्न भएको बताए । 

 

उनले भने,- 'गतको प्रकरणमा चोरहरु पभलैपालो उनको घरमा जाँदै गरेको एक स्थानीयले देखेका थिए । जब चोरी नै गर्नुछ भने उनको घरमा पालै पालो चोर के गर्न जान्छ र ? शंका त यहाँ उत्पन्न हुन्छ की जब उनको गहना चोरले लुटयो तब चिच्याउँदै गुहार गर्दै बचाउको लागि हल्ला गर्न गाउँ तर्फ आउनुपर्ने थियो नि ?जो की आएनन र चोरहरुले दुखरनलाई कुटिरहेको रमिता चुपचाप हेरिरहे । अब यस घटनाको असलियत प्रहरीको अनुसन्धानपछि नै आउनेछ ।' 

 

यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाले समेत पुष्टि दिएको छ भने घटनाको अनुसन्धान तीव्र पारिएको तथा दुखरनको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ पौष १४ शनिबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus