एम्बुलेन्स चालकलाई ज्याकेट 

२०७५ मङ्सिर १९ बुधबार
दिउसो ४:३२ बजे
प्रदेश नं. १


चन्दन रौनियार, सुनसरी ।  सुनसरीमा एक नीजि अस्पतालले एम्बुलेन्स चालकहरुलाई मोटो ज्याकेट प्रदान गरेको छ । 


जिल्लाको दुहबी वडा नम्बर ३  स्थित  सुनसरी समुदाय हस्पिटल प्रा.लि. ले सुनसरीको दुहबी ,सोनापुर ,खनार एरिया भित्र रहेका अहोरात्र बिमारीहरु लाई सेवा दिदै आएरहेको ११ जना  एम्बुलेन्स  चालकहरुलाई जाडो बेला लगाउने ज्याकेट प्रदान गरेको हो । 


 दुहबी जेसिज ,जनलकलयाण बचत ऋिण तथा सहकारी संस्था लि। पटवारी स्मृति एम्बुलेनस सेवा,खनार रेडक्रस शाखा ,श्री राधाकृष्ण  मन्दिर सेवा समिति हातिमुडा मोरङ ,दुहबी वडा ८ संचालित एम्बुलेन्स ,चनद्रलाल माझी स्मृति प्रतिष्ठान ,लगायत ११ जना चालकलाई उक्त मोटो ज्याकेट प्रदान गरिएको हस्पिटलका प्रबन्धक निर्देशक संतोष कुमार सिंहले बताए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर १९ बुधबार

Bureau Menus