कान्छो मेयरको कडा कदम : रक्सी, ओरकेष्ट्रा, डिजे र ड्रगस पूर्णत प्रतिबन्ध !

नगरभित्र कानुनबमोजिक बाहेकको मदिरा बेचबिखन तथा ओसारपोसार गरेको पाईएमा कानुन अनुसार नै कारवाही

२०७५ मङ्सिर १० सोमबार
रति ८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । नगर विकास र काम कारवाहीले निरन्तर चर्चामा रहेका मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले नगरलाई मदिरामुक्त नगर बनाउन कडा कदम चालेका हुन् । 

 

नगरपालिकामा बसेको सर्वपक्षिय बैठकबाट नगरभित्र अवैद्यानिक रुपले संचालित रक्सी पसल बन्द गर्नुका साथै विक्रि वितरणमा समेत पूर्णत रोक लगाउन सरोकारबालाहरुसँग सहमति गरेका छन् । रक्सीका कराण विभिन्न समयमा घटनाहरु दोहरिएको भन्दै मेयर बरबरियाले अब हातमा हात राखेर नबस्ने बताए । 


नगरको सुरक्षा निकाय, शिक्षा समिति, सरोकारबालाहरुसँगको लामो बैठकपछि नगरभित्र कानुन बमोजिम बाहेकको मदिरा बेचबिखन तथा ओसार पोसारमा पूर्णतः प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । 

 

नगरभित्र कानुनबमोजिक बाहेकको मदिरा बेचबिखन तथा ओसारपोसार गरेको पाईएमा कानुन अनुसार नै कारवाही गर्न सुरक्षा निकायका पदाधिकारीहरुले प्रतिवद्धता जनाए । यसको लािग नगरभित्र माईकिँग, पम्पलेटिंग गरी जनचेतना तथा प्रचार प्रसार गर्दै मदिरा विक्रि वितरणमा रोक लगाउन पहल गरिने निर्णय समेत गरिएको छ । 

 

यसका साथै नगरभित्र केटीनाच ओरकेष्ट्रा, डिजे पूर्ण रुपमै बन्द प्रतिबन्ध लगाउनेप्रति सरोकारबालाहरुले चासो देखाएका थिए । धार्मिक तथा साँस्कृतिक समाजिक सहिष्णुता कायम गर्ने खालका साँस्कृतिक कार्यक्रम, साँस्कृतिक नाच त्यो पनि सरोकारबालाहरुको सिफारिसमा मात्र गर्न पाउने गरी निर्णय गरिएको हो ।  

 

साँस्कृतिक कार्यक्रम भएपनि दिनमा वा बढीमा बेलुका ७ बजेसम्म मात्र गर्न पाउने निर्णय गरिएको हो । यस्ता निर्णयलाई नगरभरि फैलाउने कार्य वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको हो भने जानकारीको लागि थप कार्यक्रमहरु समेत ल्याउने निर्णय गरिएको छ । 

 

विवाह, व्रतवन्ध वा पूजाआजाको नाममा डिजे घन्काउनेलाई कानुन बमोजिम कारवाही गरिने निर्णय भएको मेयर बरबरियाले बताए । यति दिनदेखि पहल गरेपनि उनीहरुले अटेरी गरेपछि अब कानुन रुपमै पूर्णत प्रतिबन्ध गरिएको बताए । 

 

उनले भने, "शहिदनगर नगरपालिका प्रदेशमै एउटा नमुना नगरपालिका हो । तर केही तत्वहरुका कारण शहिदनगरको नाम उपर गन्दकी लगाउन खोजिएको थियो । त्यसलाई हामी सफाई गर्न लागिएका छौँ । राजनीतिक हिसाबले होस या समाजिक हिसाबले नगर उपरको प्रहार सहन हुँदैन । यो कडा कदम मैले आफ्नो लागि मात्र होईन, समग्र नगरको भलाईको लागि चालेको हुँ । आसा र विश्वास छ की यसलाई हाम्रा जनार्दन जनताले साकारात्मक लिनेछन् ।" 

 

यसका साथै त्यस बैठकबाट नगरभित्र ड्रगस प्रयोग वा विक्रि वितरण पूर्णत प्रतिबन्ध गर्न सुरक्षा निकाय सहित अन्य सरोकारबालाहरुको जिम्मेवारी बोध गराइएको हो । नगरमा नव युवकहरुले कुलतमा लागेर आफ्नो जीवन बर्बाद गर्न लागिएको भन्दै सरोकारबालाहरुको सुझावको आधारमा पनि नगरभित्र कोई पनि ड्रगस सेवन गरेको पाईएको खण्डमा कानुनको पूरापूरी उपयोग गर्न आग्रह समेत गरिएको छ । 


यस्तै, नगरको ईलाका प्रशासन कार्यालयमा कुनै प्रकारको बाधा व्यवधान नपुरयाउने तथा पुरयाउन खोज्नेलाई कानुन तहत कारवाहीको लागि मेयर बरबरियाले सरोकारबालाहरुसँग सहमति गराए । 

 

सो सर्वपक्षीय बैठकमा नगरकी उपमेयर शिला कापर, ९ वटै वडाका वडाध्यक्षगण, सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामकिशोर साह, ईलाका प्रहरी कार्यालय यदूकूहाका प्रहरी निरीक्षक भिम बहादुर खडका, शसस्त्र प्रहरी बल दुबरकोट हथलेटवाका प्रहरी नीरिक्षक शम्भु कटुवाल, विष्णुराज उप्रेति, ईलाका प्रशासन कार्यालय प्रमुख मकसुदन महासेठ, राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सहदेव साह, सई मोतिराम अधिकारी लगायत अन्य सरोकारबाला प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ मङ्सिर १० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus