कान्छो मेयर 'बरबरिया' ले जिल्ला चिनायो : वक्ताहरु 

उमेरले कान्छो भएपनि विकासको नाममा जनताले जेठो विकासको अनूभूति गरेको छु |

२०७५ कार्तिक २० मंगलबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क



न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पनि जिल्ला चिनाएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । 

 


महान पर्व तिहार तथा छठ पर्वको अवसरमा नगरपालिकाको कार्यालय यदूकुहाले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी जनप्रतिनीधि, उच्च पदस्थ व्यक्तित्व तथा अन्य वक्ताहरुले मुलुककै कान्छो मेयर तथा उनले गरेको कार्यहरुले शहिदनगरको सहिद र सिँगो जिल्ला नै चिनाएको बताएका छन् । 


मेयर बरबरियाकै प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा कर्मचारीहरुले शहिदनगर नगरपालिकामा काम गर्न सन्तुष्टता जनाउँदै स्थानीयहरुले नगर विकासको सराहना गरे । 

 


सो कार्यक्रममा सहभागीहरुले नगरपालिकालाई स्मार्ट सिटी बनाउनु पर्ने,  शिक्षा स्वास्थमा अझ बढी सुधार गर्नुपर्ने ,  नगरपालिकालाई देश भरीमा सराहनीय कार्य गरेर  चिनाउने कामको प्रशंसा गर्दै आगामी दिनमा समेत विकासको लहरप्रति शुभकामना जनाए । 

 

प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरीयाले नगरपालिकालाई स्मार्ट सिटी बनाउन सबैको सहयोग भए कठिन भएपनि असम्भव नभएको दृढता जनाए ।   प्रत्येक वडामा एउटा समुदायिक विद्यालयलाई छनौट गरि नमुना विद्यालय बनाउने सँकल्प तिहार र छठमा लिए । 

 

राजनीति पार्टी भन्दा माथि उठेर विकास गरेको भन्दै जनप्रतिनीधि र नगरको मेयर भएपछि राजनीति पार्टीसँग विकासलाई नजोडन आग्रह गरे । उनले भने, "विकास त  धेरै गर्न चाहन्छु, तर त्यस अनुसारको साधन स्रोतको अभावले केही समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ । म स्वास्थ शिक्षा लगायतका कर्मचारीहरु लाई नगरमा ईमान्दारीपूर्वक कार्य गरिदिन आग्रह गर्दछु । निष्ठापूर्वक सेवा गरीदिनुहुन अनुरोध गर्दछु ।  उमेरले कान्छो भएपनि विकासको नाममा जनताले जेठो विकासको अनूभूति गरेको छु  ।" 

 


सो कार्यक्रममा नगरकी उप–मेयर शिला देवी कापर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो , लेखा अधिकृत नन्द कुमार झा ,  वडा न १ देखि ९ सम्मका वडा अध्यक्ष एवम् सदस्यहरु लगायत जनपद प्रहरी,  सशस्त्र प्रहरीका इन्सपेकटरद्वय  भिमबहादुर खडका र शम्भु कटवाल सहित नगरभित्रका सम्पुर्ण कार्यालय प्रमुख एवम् अन्य कर्मचारी शिक्षकहरुले आ आफ्ना मनतव्य राखेका थिए । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७५ कार्तिक २० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus