गैर आवासीय मधेसी सँघको तेस्रो कार्यसमितिमा 'कुशवाहा'

प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्र सम्म राहत पुर्याउने जस्ता सामाजिक कार्यहरुमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ। 

२०७५ भदौ २३ शनिबार
बेलुकी ६:४४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, अमेरिका ।  विश्वभरी फैलिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले तेस्रो कार्य समिति चयन गरेको छ ।

 

 

बसन्त कुशवाहाको नेतृत्वमा चयन भएको उक्त कार्य समितिको अन्य  उपाध्यक्षमा  डॉ. राजीव कुमार कंठ र इंद्रजीत यादवलाई चयन गरिएको छ ।  यस्तै,  महासचिबमा डॉ. रबीन्द्र कुमार यादव , सह महासचिबमा रबीन्द्र कांत मंडल , कोषाध्यक्षमा सुरेंद्र नारायण यादव , प्रबक्तामा सुजित कुमार ठाकुर र मीडिया संयोजक शिव कुमार पाल चयन भएका हुन।


त्यसैगरी, बिभिन्न देशबाट निर्वाचित सदस्यहरुमा अभिषेक झा (अमेरिका ),डॉ अजय कुमार झा (नेपाल), अजय कुमार ठाकुर (स्पेन) , अमीरी बाबू साह (कतार ), आशा कुमारी मेहता (कुवैत ), बद्री माझी (भारत), बिनोद कुमार मंडल (सऊदी अरबिया ), बिनोद पासवान (युएइ ), धनबीर ठाकुर बरही (कुवैत ), धीरज कुमार साह (अमेरिका ), दिनेश गौतम (सायप्रस ), दिवाकर कुमार झा (कतार), जयमंगल प्रसाद जैसवाल (चीन ), कपलेश्वर यादव (मलेशिया ),डॉ लोकेन्द्र यादव (भारत), माधव मिश्रा (स्वीडन ), महेंद्र प्रसाद साह (ओमान ), महेश कुमार ईशर (नेपाल ), डॉ मनोहर साह (अमेरिका ), मंटू पाल (मलेशिया ), मोहमद असगर अली (कतार ), मोहन सदा (कुवैत ), नरेंद्र चौधरी (दक्षिण कोरिया ), निर्मल कुमार मंडल (सऊदी अरबिया ), डॉ प्रमोद ठाकुर (ऑस्ट्रेलिया ),राजन महतो (कुवैत ), राम राय (संयुक्त अधिराज्य ), संजय कुमार कर्ण (युएइ ), संतोष कुमार बिश्वास (भारत ), शम्भू नाथ साह (कतार ), शम्भू प्रसाद मंडल (मलेशिया ), डॉ श्याम महतो (सिंगापुर ), उपेंद्र अधिकारी यादव (सऊदी अरबिया ) रहेका छन् |

 

अमेरिकाको बोस्टन स्थित दी कामनवेल्थ ऑफ़ मेसाचुसेट्समा दर्ता गरिएको गैर आवासीय मधेशी संघको स्थापना  २०१० मा भएको हो । यस संगठन को उद्देश्य( विश्वभरी छरिएर रहेका गैर आवासीय मधेशीहरुलाई संगठित पार्दै मधेशी पहिचानलार्इ अंतर्राष्ट्रीय स्तरमा सुदृढ़ गर्ने, विश्वलाई मधेश सम्बन्धी मुद्दा संग अवगत गराउने तथा मधेश को बिकास एवं सम्बृद्धि को दिशामा रचनात्मक योगदान पुर्याउने रहेको छ।  

 

उल्लेख्य संख्यामा मधेशीहरुको उपस्थिति रहेको ४० भन्दा बढी देशहरुमा सँस्थाको बिस्तार भइसकेको छ।  संयुक्त राष्ट्रसंघ , यूरोपियन यूनियन , यूएनपिओ जस्ता अंतर्राष्ट्रीय मंचहरुमा तथा अमेरिका, भारत , संयुक्त अधिराज्यमा आयोजित बिभिन्न कार्यक्रमहरुमा मधेशीहरुको प्रतिनिधित्व गर्दै आएको छ। 

 

बिदेशी भूमिमा अप्ठ्यारोमा परेका मधेशीहरुलाई सहयोग पुर्याउने, मधेश आंदोलन ताका सरकारी दमन का कारण शहीद भएकाहरुको परिवार एवं घाइतेहरुलाई राहत सहयोग पुर्याउने, बाढी(आगलागी जस्ता प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्र सम्म राहत पुर्याउने जस्ता सामाजिक कार्यहरुमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ। 

 


अघिल्ला बर्षहरुमा सँस्थाले बिभिन देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड पर्ब को अवसरमा मेल मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेसीहरुलाई एकजुट गर्ने काम गर्दै आई रहेको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७५ भदौ २३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus