जनकपुर–ढल्केवर सडकखण्डमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका दासको ज्यान गयो

२०७५ श्रावण २६ शनिबार
दिउसो ४:३० बजे
विनय कुमार यादव

विनय कुमार यादव |

जनकपुरधाम, २६ साउन । धनुषामा ट्रिपरको ठक्करबाट एकको ज्यान गएको छ । शनिबार दिउँसो जनकपुर–ढल्केवर सडकखण्डमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारको क्रममा ज्यान गएको हो ।

 

ज्यान जानेमा धनुषाको धनुषाधाम नगरपालिका– ५ नौसय बिघा (उत्तरबारी टोल) निबासी गुलाम दासका २६ वर्षीय छोरा उमेश दास रहेका छन् । 

 

शनिबार दिउँसो करिब पौने २ को समयमा जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत् क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित रहेको पुल नजिकै ढल्केबरबाट जनकपुर गइरहेको बा. ८ ख. ११७० नम्बरको ट्रिपरले विपरीत दिसाबाट आउँदै गरेको ज. १० प. ८४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।

 

जनकपुर ढल्केवर सडकखण्डमा ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न टाईमकार्ड लागु गरेतापनि त्यसको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा अधिकांश ट्रिपर चालकहरु अत्यधिक गतिमा गाडी कुदाएर अन्य सवारीसाधन एवं पैदल यात्रुलाई समेत तर्साउने गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७५ श्रावण २६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus