कर्जन्हामा मोटरसाइकल दुर्घटना, बच्चाको नाक फाट्यो, आमाको टाउको फुट्यो 

२०७५ श्रावण २० आइतबार
बेलुकी ७:०७ बजे

न्यूज ब्यूरो |

सिरहा, २० साउन । सिरहामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्बास्थित आइतबार अपरान्ह साढे ४ बजे दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक महिलासहित एक बालक घाइते भएका हुन् ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ५८०३ र विपरीत दिशाबाट आउदै गरेको स ९ प ८०९५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

घाइते हुनेमा ज ६ प ५८०३ नम्बरको मोटरसाइकलमा सबार धनुषाको सहिदनगर नगरपालिका–२ की ३० वर्षीया सुजिता यादव र उनका २ वर्षीय छोरा विभाष यादव रहेका छन् । सो मोटरसाइकल सुजिताकी देवर सहिदनगर–२ बस्ने ३० वर्षीय श्रवण यादव चलाइरहेका थिए ।

 

ठक्करबाट बालकको नाक फाटेको छ भने आमा सुजिताको टाउको फुटेको छ । घाइते दुबैको मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचार भइरहेको छ ।  

 

यता, दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको ईप्रका मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिनुभयो । स ९ प ८०९५ नम्बरको मोटरसाइकलका चालक फरार रहेको डिएसपी शाहले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ श्रावण २० आइतबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus