"जनकपुर अञ्चल अस्पताल घटनाका दोषी जो होस कारवाही हुनुपर्छ" : राजपा युवा नेता सानु 

२०७५ असार १ शुक्रबार
दिउसो ३:१० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |

जनकपुरधाम, १ असार ।  जनकपुर अञ्चल अस्पतालमा भएको घटनाप्रति राजपाका युवा नेता सुनिल कुमार श्रेष्ठ सानुले मुख खोलेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरिक्षण यादव काण्डमा दोषी जो कोही भए कारवाहीको लागि माग गरेका छन् ।

 


राजपा युवा संगठन धनुषाका संयोजक समेत रहेका सानु श्रेष्ठले अस्पालमा घटेको घटनाको निष्पक्ष छानविन गर्नु पर्ने मांग गरेका छन् । 


‘अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीको अकाल मृत्यु असमायिक निधन हो । र मेसुमाथिको दुव्र्यवहार पूर्ण रुपमा एक गुटको योजनाबद्ध आक्रमण रहेको राजपा युवा संगठनको ठहर छ । 

 

उनले चिकित्सकको कारण सुत्केरी महिलाको ज्यान जानु र अस्पताल मेसु उपर भएको कालोमोसो दुबै घटनाका दोषिलाई कडा कारवाही हुनु पर्ने माग अघि सार्दै त्यस्तो नभए आफुहरु सडक आन्दोलनमा उत्रन बाध्य चेतावनी समेत दिए । 


राजपाको नाममा केहिले आप्mनो व्यक्तिगत फाईदाका लागि आन्दोलनमा सहभागि भएकाले कानून हातमा लिनेलाई कडा कारवाही हुनुपर्ने बताए । 

अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रमा केहि युवाहरुको हर्कतले सम्पूर्ण युवाको मानमर्दनलाई सखाप पार्ने खेल भएको बताएका छन्  । 

 


"अस्पताल सुधारको मांग जायज हो । तर उक्त अकाल मृत्यु भएकी विरामीको उपचारमा संलग्न चिकित्सक धिरेन्द्र साह तथा अस्पताल विकास समितका अध्यक्ष वलराम मिश्रमाथि कारवाहीको मांग किन उठाईएन् । उनीहरुमाथि किन कारवाही नगर्ने ? यसका लागि आफुहरु सुक्षम अनुसन्धान थालिसककाले छिट्टै केहि निर्णय लिन्छौं । उनले भने । 

 

विहिबार जारी गरेको प्रेस विज्ञप्तिको राजपाकै युवा नेताले विरोध जनाएपछि ती विज्ञप्ति पूर्णत जायज रहेको न्यूज ब्यूरोसँग भने । 

अस्पताल सुधारको लागि आफूहरु पनि माग गरेको तर प्रक्रियागत हिसाबले गर्नुपर्ने बताए । 

 

उनले देशमा कानुन भएकोले कानुनी प्रक्रिया र विधिबाट अस्पताल सुधारको लागि जानुपर्ने बताउँदै मेसु माथि भएको घटना सुनुयोजित भएको बताए । 

 

एकातर्फ युवाहरुको आन्दोलन सशक्त बन्दै गएको छ भने अर्कातिर केही युवाको समूहले त्यसको विरोध समेत जनाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७५ असार १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus