सहकारी अभिमुखिकरण सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न

२०७५ जेठ २२ मंगलबार
दिउसो १:५७ बजे
न्यूज ब्यूरो, डेस्क


विनय कुमार यादव |
धनुषा, २२ जेठ ।
धनुषामा सहकारी अभिमुखिकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

मंगलवार धनुषाको धनुषाधाममा धनुषा कृषि सहकारी सँस्थाले एक दिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम गरेको हो । 

 

सहकारीकी सहसचिव सोमना अर्यालयको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय जनताहरुको लागि सहकारीमा कृषि सहकारी नभई नहुने तत्वको रुपमा रहेकोले नगरको सर्वागिँन विकासको लागि सहकारीको आवश्यकता औल्याए । 

 

समाजको अभिन्न अँगको रुपमा स्थापित कृषि सहकारी सँस्थाले स्थानीय कृषकलाई बढी भन्दा बढी लाभको लागि अग्रसर हुनेमा आशावादी रहेको नगर प्रमुख मण्डलले बताए । 

 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ को आयोजनमा भएको कार्यक्रममा धनुषा जिल्लाभरिका कृषि सहकारीका पदाधिकारीहरुको मोटो उपस्थिति रहेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ जेठ २२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus