बिना खनजोतकै गहुँ खेती गरिदैँ, उब्जनी बढी हुने

२०८० मङ्सिर २४ आइतबार
बिहान ०९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । गहुँ खेतीका लागि कृषि मजदूर तथा पानीको अभाव भएको बेला महोत्तरी जिल्लाको पिपरामा बिना खनजोत गहुँ खेती सुरु गरिएको छ ।

कृषि अनुसन्धान परिषद् बेला चापी र कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जको आयोजनामा उक्त अभियानको शुरुआत पिपरा गाउँपालिका–नं ३ का वडाध्यक्ष किशोरी अधिकारीले गरे । आम किसानहरूलाई यस प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले खुल्ला २ बिघामा खेतीको शुरुआत गरिएको छ ।

सिँचाइको अभाव रहेको र अत्यधिक युवाहरू वैदेशिक रोजगारीमा गएका कारण कम लागतमा अधिक उत्पादन लिन उक्त खेतीको शुरुआत गरि एको कृषि अनुसन्धान परिषद् वेलाचापीका प्रमुख राम दास चौधरीले जानकारी दिए । यस प्रविधिमा खेतको जोताई मेसिनले ११ लाइनमा गर्नुका साथै मेसिनले नै मात्रा अनुसारको बीउ तथा मल छर्ने उनले जानकारी दिए । मेसिनले नै बीउ तथा रासायनिक मल खेतमा हाल्ने भएकाले थोरै समयमा धेरै खेतमा गहुँ लगाउन मिल्ने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीर गञ्जका प्रमुख वैज्ञानिक सचिनकुमार मिश्रले बताए ।

यस प्रविधिले खेती गर्दा ३० देखि ५० प्रतिशतले पानी कम लाग्नुका साथै प्रति कट्ठा २ देखि तीन मन उहुँ उत्पादन हुने कृषि वैज्ञानिक मिश्रले बताए । 

परम्परागत शैलीमा गहुँ खेती गर्दा लागत बढ्नुका साथै प्रति कट्ठा १ देखि डेढ मन मात्र उत्पादन हुने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । यस प्रविधिबाट खेती गर्दा १०–१५ दिन अगावै गहुँ छर्न सकिने, धान काटेर हटाइसके पछि ४–५ पटक जोताई गर्ने खर्च र बाली लगाउने समय जोगाउँछ, धेरै पटक जग्गा जोते पछि सिँचाइ गर्दा पानी बढी खर्च हुने भएकाले यस प्रविधिमा ४० प्रतिशत पानी भए पुग्ने साथै बढी पानी भएर गहुँ बाली पहेलो हुनबाट जोगाउँछ ।

यस प्रविधिबाट खेती गर्दा खेती योग्य जमिनलाई जति बढी जोताई गर्यो त्यति बढी मात्रामा झारपात आउने भएकाले यस प्रविधिबाट गहुँ खेती गर्दा झार पात कम भइ गहुँ उत्पादनमा वृद्धि हुने गरेको उनले बताए । 

यस प्रविधिमा धान काटदा २० दिन २५ सेन्टिमिटर डाठ छोडेर काटदा जमिनमाथि रहेको झार पातहरु कुहिएर मलमा परिणत भइ माटोमा प्राङ्गारिक मलको वृद्धि हुने गरेको उनले बताए ।

प्राकृतिक श्रोत साधनको संरक्षण गर्नुका साथै मलजलको समुचित सदुपयोग भइ इन्धनको खपतमा कमी हुनुका साथै बातावरणीय प्रदूषणबाट जोगाउने गरेको समेत उनले बताए । बैज्ञानिक मिश्रका अनुसार आजको नयाँ सोच अनुसार कृषकहरुको झुकाव कृषि यान्त्रिकरण तर्फ बढी भएकोले यो प्रविधि उपयुक्त रहेको छ ।

बढ्दो उत्पादन खर्च र घटदो बजार मूल्यको कारण गहुँ खेती कम फाइदाजनक हुनु, थोरै समयमा धेरै गहुँ खेती लगाउन सकिने, श्रमिकको अभाव दिन प्रतिदिन बढ्दै जानु, अधिक उत्पादन र खुद नाफा बढी गर्नकालागि यस प्रविधिको प्रयोगको आवश्यकता रहेको उनले बताए । सोही क्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कृषि औजार अनुसन्धान केन्द्रले जिरो टिलेज (शुन्य खनजोत) मेसिनको परीक्षण पनि गरेको छ ।

  • 15%
  • 15%
  • 8%
  • 8%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०८० मङ्सिर २४ आइतबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus