रेशम चौधरीलाई दोषी देख्नु पूर्वाग्रहको पराकाष्ठा !

२०७४ चैत ८ बिहीबार
बिहान ११:५० बजे
न्यूज ब्यूरो, डेस्क

 

 

कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवस्यकता पर्दछ।

 

१. देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नं.१ टिकापुरमा घटेको घटनालाई प्रतक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका ३४ हजार ३ सय ४१ जनताद्वारा, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अभिमत द्वारा बयानदिई सके, अब तपाईं केको आधारमा रेशम चौधरीलाई दोषी भन्नुहुन्छ।

 

२. अभियोग पुष्टि हुने सवुत/प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष/अप्रत्यक्ष कुनै किसिमको सम्लग्नता भएको हाल्सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। के प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट बरामद भए? के २ बर्षका वच्चालाई गोली हानिएको भनिएको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैनभने केको आधारमा रेशम चौधरी कसुरदार..?

 

३.घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्का र वष्तुस्थिती मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ, अनि रेशम चौधरी कसरी कसुरदार भयो..?

 

४. उक्क्त घटनावारे छानवीन गर्न र सत्यतथ्य पत्तालगाउन, नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। उक्त आयोगले रेशम चौधरी घटना घटेको दिनमा बर्दियामा भएको, उहाँ घटनाको पिडक नभएर पिडित भएको भनेर भनेको छ। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न नसक्नु,रेशम चौधरीलाई फसाउन खोजेको षड्यन्त्र गरिरहेको देखिन्छ, कि हैन? हैन भने केहो?

 

५.अभियुक्तका साविती बयान :- अभियोग लागेका रेशम चौधरीले नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ। 

 

६. रेशम चौधरीले उक्त घटना अगि र पछि र त्यसदिनको कल डिटेल हेर्न चुनौती दिनुभएको छ। यदी उहाँ घटना सम्लग्न भएकोभए कल डिटेलमा रेकर्ड होला नि,के तपाईं त्यो देखाउन सक्नुहुन्छ..?

 

                 सँतोष कुमार यादव 
  संघीय समाजवादी सुनसरी जिल्ला सदस्य एवम् तराई मधेस राष्ट्रिय परिषद् सदस्य 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७४ चैत ८ बिहीबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus