न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था रहेको जनकपुरधाममा आज रामजानकी विवाह महोत्सव अर्थात विवाहञ्चमी महोत्सव धुमधामका साथ मनाइदैछ ।
त्रेतायुगमा भगवान सीतारामबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा प्रतीकात्मक विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ ।
साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत अन्तर्गत मंगलबार बिहान जानकी मन्दिरमा विशेष पूजा हुनेछ । त्यसपछि मन्दिरको सरसफाई गरिनेछ । मन्दिरमा दर्शन पूजा निरन्तर चलिरहनेछ ।
दिउँसो जानकी मन्दिरबाट स्वयम्बरका लागि माता सीताको डोला बाजागाजासहित रंगभूमि मैदान (बाह्रविघा) का लागि प्रस्थान गर्नेछ । जानकी मन्दिरबाट डोला प्रस्थान गरेसंगै राम मन्दिरबाट फरक मार्ग भएर भगवान रामको डोला स्वयम्बरका लागि रंगभूमि मैदान पुग्नेछ । विवाह महोत्सवको दिन रंगभूमि मैदानमा भगवान सीतारामको स्वयम्बर हुने चलन छ ।
त्रेता युगमा सीता स्वयम्वरको दर्शन गर्न सबै भगवान विभिन्न रुप धारण गरी जनकपुरधाममा आएको रामायणमा वर्णन गरिएको छ । भगवान रामको डोलालाई भगवान जानकीको डोलाले परिक्रमा गर्छ । पुष्पवृष्टि गर्दै श्रद्धालुहरुले जयजयकार गर्छन् । त्रेता युगमा देवताहरु आएको संस्मण गर्दै जनकपुरधाममा रहेका अधिकांश मठमन्दिरबाट भगवानहरुलाई रथ, डोलामा सजाएर बाजागाजासहित रंगभूमि मैदानमा ल्याइने गरिन्छ ।
भगवान सीतारामको स्वयम्बर सम्पन्न भएपश्चात सीतारामको डोलासहित विभिन्न मन्दिरका डोला, झाँकीसहितको शोभायात्रा नगरपरिक्रमा गर्दै जानकी मन्दिरमा पुग्नेछ । भगवान जानकीको डोला जानकी मन्दिर परिसरमा पुगेपछि वैवाहिक कार्यक्रम प्रारम्भ हुने उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । मन्दिरको परिसरमा वैवाहिक कार्यक्रम अबेर रातिसम्म हुने गरेको छ । जसमा मिथिलाको परम्परा अनुसार भगवान सीतारामको प्रतीकात्मक विवाह सम्पन्न गरिनेछ ।
वैवाहिक कार्यक्रममा लाखौँ श्रद्धालुहरुको सहभागिता हुनेछ । जनकपुरधामको प्रायः हरेक चोक, सडक र सार्वजनिक स्थलहरुमा श्रद्धालुहरु बास बसेका छन् ।
चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी
- २०८२ मङ्सिर १० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् । उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको
पूरा पढ्नुहोस्



