न्यूज ब्यूरो, २३ साउन । जनमत पार्टीले निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ ।
यसअघि ६ महिनाका लागि निलम्बनमा परेका ई. साहलाई जनमतले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न नसकेको, अध्यक्ष सीके राउतविरुद्ध लागेको लगायतका आरोप लगाउँदै ई. साहलाई जनमतले गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो ।
जनमतले नेता साहसँग स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ नदिएको र पार्टी अनुशासन निरन्तर उल्लघंन गरेको भन्दै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन गरिएको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नेता साहले विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप लगाइएको छ ।
अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसके पछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको छ ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८२ श्रावण २४ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्



