जनकपुरको WonderLand Water Park मा पुनः कुटाकुट, प्रहरी परिचालन
अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटेको छ । सशस्त्र प्रहरी समेतको टोली परिचालन गरिएको छ । जानकारी अनुसार, वन्डरल्याण्डमा नुहाउने क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । सो क्रममा वन्डरल्याण्डका सेकुरिटी गार्डसँग समेत झगडा भएको बताईएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले बुझेर मात्र भन्न सकिने बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

२०८२ जेठ ३१ शनिबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–महेन्द्रनगर सडकखण्डको रमदैयास्थित रहेको वन्डरल्याण्ड पार्कमा पुनः कुटाकुट भएको खवर प्राप्त भएको छ ।
धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैयास्थित रहेको वन्डर ल्याण्ड वाटरपार्कमा ग्राहक र व्यवस्थापन पक्षबीच कुटाकुट भएको हो । कुटाकुटको कारण भने बाहिर आउन सकेको छैनन् ।
अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटेको छ । सशस्त्र प्रहरी समेतको टोली परिचालन गरिएको छ ।
जानकारी अनुसार, वन्डरल्याण्डमा नुहाउने क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । सो क्रममा वन्डरल्याण्डका सेकुरिटी गार्डसँग समेत झगडा भएको बताईएको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले बुझेर मात्र भन्न सकिने बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…