युवतिलाई आफ्नै श्रीमानले गरे विभत्स हत्या, जलाउन लाग्दा लास खोसियो 

२०८१ माघ ११ शुक्रबार
रति ९:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका वडा नं. ५ खिरखिरियास्थित हजुरबा (नाना) घर रहेको एक युवतिको भारतमा विभत्स हत्या गरिएको छ । 

नगराईन नगरपालिका वडा नम्बर ५ खिरखिरिया बस्ने रञ्जु साहकी बहिनीकी छोरीलाई विभत्स हत्या गरिएको जनाइएको छ । 

भारतको बिहार राज्य हरिने हरलाखी माईत रहेकी अन्दाजी २५ बर्षिय पूजा साहको उनको श्रीमानले विभत्स हत्या गरी जलाउन लाग्दा लास खोसिएको हो । हरिने हरलाखी वडा नं. ६ बस्ने विनोद साहकी छोरी पूजालाई श्रीमानले नै बेँगलोरमा बोलाएर हत्या गरेको आरोप परिवारजनको छ । 

विहारको हरलाखी पँचायतको फूलहर बस्ने बुधेश्वर साहको छोरा धनवीर साहले आफ्नै श्रीमतिलाई बोलाएर विभत्स हत्या गरेको खुलेको छ । बेँगलोर बस्दै आएका धनवीरलाई अर्कै केटीसँग अवैद्य सम्बन्ध रहेको थाहा पूजाले पाएकी थिइन् । तर, पूजाले श्रीमानको कर्तुत लुकाउन माइत पक्षलाई समेत भनेकी थिइनन् । 

बेँगलोरमा वेटरको काम गर्दै आएका धनवीरको अवैद्य सम्बन्धबारे बीच बीचमा झै झगडा हुँदै आएको थियो । यसपाली माईतबाट बेँगलोर गएकी पूजा मृत्यूको सैयामै आईन् । 

३ छोराछोरी भएकी पूजा श्रीमान कहाँ गएकी थिइन् । श्रीमानले उनलाई हत्या गरी माइत पक्षलाई अस्पतालमा भर्ना भएको भनेर झुठा कुरा सुनाए । माईत पक्षबाट आफन्तहरु जाँदा उनलाई गर्भपतनको औषधी खाएर मरेको भन्यो । केही बेरमा क्यान्सर भएर मरेकी भनेर परिवारजनलाई भन्यो । दुई फरक कुरा भनेपछि माईत पक्षलाई शंका लाग्यो । 

लास जलाउन लागेको अवस्थामा उनकी आमाले छोरीलाई अन्तिम पटक हेर्न मन लागेको भन्दै हेर्न जाँदा उनलाई हेर्न दिएन् । धेरै झै झगडा गरेपछि बलपूर्वक उनकी आमाले अनुहार हेर्दा टाउको फुटेको, अनुहार फुटेको, नाकबाट रगत आएको, घाँटी रेटेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । 

लासको प्रकृति हेर्दा उनलाई विभत्स तवरले हत्या गरेको देखिएको बताईएको छ । लासलाई नियन्त्रणमा लिएर बिहार पुलिसले श्रीमान धनवीर र उनका परिवारमाथि एफआईआर दर्ज गरेको पीडित पक्षले जनाएको छ । 

  • 3%
  • 1%
  • 0%
  • 2%
  • 93%
  • 1%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८१ माघ ११ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus