ईन्जिनीयर यादवमाथि सम्पति छानबिनको मुद्दा

२०८० चैत ३० शुक्रबार
बिहान १०:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक स्थानीय तहका ईन्जिनीयरले अकुत सम्पति जोडेको भन्दै सम्पति छानबिनको लागि मुद्दा दायर गरिएको छ । 

सिरहाको करार इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेको ७ वर्षमा काठमाडौँ सहित १२ स्थानमा जग्गा किनेको आरोपसहित सिरहाको सुखिपुर नगरपालिकामा कार्यरत इन्जिनीयर डोमी यादवमाथि सम्पति शुद्धिकरणको मुद्दा दायर गरिएको हो । 

इन्जिनियर यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अकूत सम्पति आर्जनको मुद्दा दायर गरिएको हो । 

सिरहा जिल्ला सुखीपुर नगरपालिकाका करार इन्जिनियरको रुपमा कार्यरत यादवले ७ वर्षमा काठमाडौँ, गोलबजारमा घडेरीसहित घर र बिभिन्न फरक फरक स्थानमा करोडौँको जग्गा लगायत केहि ट्रिपर जोडेको सम्बन्धमा पक्राउ गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पति शुद्धिकरण आयोगमा मुद्दा दायर गरिएको हो । 

इन्जिनियर यादवले काठमाडौँ उपत्यका भित्र ललितपुरमा समेत जग्गा जमिन खरिद गरेको भन्दै सम्पति शुद्धिकरणको लागि निवेदन पेश गरिएको हो । 

क्रमश किता नम्बर ११९२ र ११९१ , गोलबजारमा नगरपालिका भित्र रहेको लाखौँको र गोलबजारको मुख्य स्थानमा १७ धुर जग्गामा करोड बढीको घर बनाएपछि उनीमाथि सम्पति शुद्धिकरणको मुद्धा दायर गरिएको हो । 

साविक सिरहाको सिग्राही मटिअर्वामा समेत जग्गा जमिन खरिद गरेको भन्दै उनीमाथि मुद्दा परेको हो । 

इन्जिनीयर यादवले सिरहा जिल्लाकै विभिन्न स्थानमा जग्गा जमिन खरिद गरी करोडौँको सम्पति आर्जन गरेको आरोप लगाईएको छ । 

उल्लेखित किता नम्बरको घर र जग्गा अधिकांश सम्पति आफ्नो श्रीमती मनिषा यादव, सासु रेखा कुमारी यादव लगायत आफन्तको नाममा लुकाएर पछि बकस पत्र गरि सम्बन्धित निकायलाई समेत झुकाएर आफूलाई दानमा आएको भन्दै आफ्नो र घर परिवारको नाममा राखेको समेत आरोप लगाईएको हो । 

यता, ईन्जिनीयर यादवले भने सो आरोपलाई खण्डन गरे । समाचार पुष्टि र प्रतिक्रियाको लागि उनले न्यूज ब्यूरोसँग कुराकानी गर्दै आरोपलाई निराधार रहेको बताउँदै कानुनी प्रक्रियाबाट पुष्टि गर्ने दाबी गरे । उनले आफ्नो छेउकै एक जनासँगको नीजी रिसबई र दुश्मनीले बर्षौदेखि आफूमाथि विभिन्न मुद्दाहरु हाल्दै आएको बताए । 

करोडौको सम्पति आर्जन गरेको आरोप र मुद्दाको सन्दर्भमा ईन्जिनीयर यादवले मुद्दा हालिएको सन्दर्भमा आफूलाई जानकारी नभएको तथा पत्र आएपछि कानुन बमोजिम नै जवाफ प्रमाणसहित फर्काउनेमा दृढता व्यक्त गरे । उनले भने, –“आफूमाथि निवेदन वा मुद्दा परेको कुरा तपाईबाटै सुने, मलाई अधिकारिक जानकारी आएको छैन । सम्पति शुद्धिकरणको लागि मैले सरकारलाई बर्षेनी सबै प्रमाणहरु दिएकै हो , मुद्दा परेपछि कानुन बमोजिम लडाई गरौँला वा जवाफ दिउँला ।”

उनले आफ्नो जागिरको साथै साइड बिजनेशहरु समेत भएकोले सम्पति शुद्धिकरणको लागि परेको मुद्दामा सफाई पाउने विश्वास व्यक्त गरे । उनले भने, –“जहिलेदेखि आफ्नो परिवारको लागि घर निर्माण गरे, केही छेउकै व्यक्तिहरु आफूमाथि लागे, दर्जनौ मुद्दा दायर गरे, व्यक्तिगत रिसबई पोख्न पनि यस्तो गर्नु कुनै नयाँ नौालो होईन् । बाँकी कानुन र न्यायमाथि विश्वास छ ।

  • 0%
  • 0%
  • 30%
  • 0%
  • 0%
  • 20%

जनकपुरमा इनभर्टर बेच्न अप्रत्यासित लोडसेडिँग

  • २०८० चैत ३० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरमा अप्रत्यासित रुपमा लोडसेडिँग गर्न थालेपछि ईनभर्टर व्यापारीसँग मिलोमत्तो गरेको आरोप लगाईएको छ ।  बिना कारण अप्रत्यासित रुपमा विद्युत कटौति गर्न थालेपछि केही कर्मचारीहरु

पूरा पढ्नुहोस्

Bureau Menus