सँचारकर्मी यादवलाई धम्की दिएको विज्ञप्तिमा महासँघका सचिवकै आपत्ति, व्यक्तिगत रिसबइले पोलिए सई राय

२०८० चैत ११ आइतबार
रति १०:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासँघ सिरहा शाखाले जारी गरेको विज्ञप्तिप्रति महासँघका सचिव नै आपत्ति जनाएका छन् । 

सिरहाका सँचारकर्मी विनय यादवको पक्षमा बिना सबुत प्रमाणकै आधारमा विज्ञप्ति जारी गरेको भन्दै महासँघका सचिव नै आपत्ति जनाएका छन् । सँस्थामा विज्ञप्ति जारी गर्ने कार्य सचिवको हुँदाहुँदै महासँघ सिरहाका अध्यक्ष मनोज बनैताले सचिव शिवदयाल यादवलाई बायकट्ट गरी विज्ञप्ति जारी गरेपछि द्धन्द्ध समेत सृजना भएको हो । 

महासँघका एक व्यक्तिले भनेकै भरमा विज्ञप्ति जारी गरेपछि वडा प्रहरी कार्यालय सिरहाका सई अमित रायले समेत आपत्ति जनाएका छन् । उनले आफ्नो कुनै रोहबर वा सँलग्नता नै नभएको तथ्यमा आफ्नो नाम राखेपछि उनले सँचारप्रति आपत्ति जनाए । 

ड्युटी सकाएर सिभिल पोशाकमै मिठाइ खान सिरहाकै एक होटेलमा गएका सई रायलाई पोलिएको आरोप लगाईएको छ । उनलाई केही पत्रकारले व्यक्तिगत लक्षित गरी उनको नाम पोलेको आरोप छ । 

नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष मनोज बनैता यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रहरीको रोहबरमै सँचारकर्मीमाथि कुटपिटको योजना बनाएको भन्दै कारवाहीको माग गरेको छ । पत्रकारलाई सुरक्षा दिनुपर्नेमा प्रहरीकै रोहबरमा यस्तो कार्य भएको भन्दै छानबिन र दोषीलाई कारबाही गर्न महासंघले माग गरेको छ ।

यसप्रति सई रायले आफू सिभिल पोशाकमा मिठाई पसलमा गएको स्वीकार गर्दै कसले के बोलेको बारे खासै ध्यान नदिएको बताए । उनले भने, –“म मिठाई खान पसलमा थिए, त्यतिबेला पसलमा धेरै जना थियो, अब त्यहाँ कसैले कसैप्रति आक्रोस पोख्दै थियो, मैले सम्झाए पनि । आक्रोसलाई शान्त पार्न भने । कुराकानीको माध्यमबाट समस्या समाधानको लागि सल्लाह पनि दिए । यसकै लागि मेरो नाम पोलियो ? पत्रकार हुँदैमा जे पनि लेख्न पाईयो त ? कसैको चरित्र हत्या गर्न पाइयो त ? मेरो मिलोमत्तोमा यस्तो कुनै केही भएको छ भने प्रमाण सबुत पनि दिनुपर्छ, न की कसैले केही भनेकै आधारमा विज्ञप्ति जारी गरिदिने हो ।”

उनले आफूलाई कैयौँ पत्रकारहरुले समेत धाकधम्की दिँदै आक्रोस पोख्ने गरेको सुनाउँदै यसको लागि महासँघले विज्ञप्ति नै जारी गर्नुपर्छ भनेर आफ्नो मान्यता नरहेको बताए । उनले अन्य घटनाको रिसबइले केही पत्रकारहरुले आफूलाई सुनुयोजित तवरले बदनाम गर्न खोजेको बताए । महासँघले कुन आधारमा विज्ञप्ति जारी गरेको आफूलाई थाहा नभएको बताए । उनले विज्ञप्तिमा आफ्नो नाम आएपछि खण्डन गर्दै आरोप प्रमाणित भए कानुन बमोजिम सहने प्रतिवद्धता जाहेर गरे । 

सई रायले महासँघको विज्ञप्तिमा आफ्नो नाम जोडिएको सन्दर्भमा आग्रह गर्दा महासँघका अध्यक्ष मनोज बनैताले कानुनी प्रक्रियामा जान भन्दै पन्छिएको बताए । सो विज्ञप्तिप्रति महासँघकै अधिकारिक पदाधिकारी सचिव शिवदयाल यादवले थाहा नभएको सुनाएको बताए । 

महासँघबाट विज्ञप्ति जारी गर्दा कोर पदाधिकारीको बैठक बसी निर्णय हुने गरेकोमा आफूलाई थाहा नभएको बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा सचिव यादवले आफू भारत समान ल्याउन गएको बताउँदै फोन नलागेको हुन सक्ने बताए । उनले भोली यस विज्ञप्ति बारे बसेर छलफल हुने बताए । यद्यपी, एक कुराकानीमा सचिव यादवले विज्ञप्तिप्रति नै आपत्ति जनाएको हो । 

 
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०८० चैत ११ आइतबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus