सिरहामा भारतबाट प्रतिबन्धित कुखुरा तस्करी गराउँदै सई विश्व बुढाथोकी, स्कटीँग गरी तस्करी 

२०८० पौष १ आइतबार
बिहान ०८:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको वडा प्रहरी कार्यालयले नेपालमा प्रतिबंधित अबैध रुपले नेपाल भित्रीने तस्करीका समान स्कटीँग गरी तस्करी गर्दै  गरेको  प्रमाण फेला परेको छ । 

शुक्रवार राती नेपालमा प्रतिबन्धित कुखुरा सहित लोड रहेको पिकअप गाड़ीलाई सिराहाको वडा प्रहरी कार्यालयले (नगर प्रहरी) मोबाईल गस्तीमा प्रहरी सहित इंचार्ज प्रहरी  सहायक निरिक्षक (सई) विश्वबाबु बूढाथोकीले स्कटिङ गर्दै  गरेको दृष्य सहित प्रमाण फेला परेको हो।

शुक्रबार राती करीब  ११ः३० बजेको समयमा सिरहा नगरपालिका ३ मखनहा स्थित भारत तर्फबाट माड़र हुँदै  प्रतिबन्धित कुखुराको गाड़ीलाई नियन्त्रणमा लिनुको साटो स्कटिङ गरी इन्चार्ज बुढ़ाथोकी आफ्नो कार्यक्षेत्रको सीमा कटाई तस्करलाई मदत्त गरेको स्रोतको दावी छ ।

सिरहा सदरमुकामको दक्षिणी सीमावर्ती माड़र लगायत विभिन्न नाकाबाट भित्री तस्करीका समान  वडा  प्रहरी  कार्यालय सिरहा हुँदै सिरहाको उत्तरी भेगका बजार तथा  सिरहाको मुख्य ब्यापारीक केन्द्र मिर्चैया गोलबाजार लगायतका स्थानमा तस्करीका समान भंडारण हुने गर्छन्। तर, तस्करीका नियन्त्रण गर्नु साटो स्कटिङ्ग गर्नु सर्वत्र आलोचना र प्रहरी संगठन नै  बदनाम हुन पुगेको छ । 

इन्चार्ज बुढाथोकीले तस्करलाई स्कटिङ गरे बापत महिनाको लाखौ रकम लिने गर्छन् 

वडा प्रहरी कार्यालय सिरहाको जिम्मेबारी पाए सँगै उनी सुरक्षा नीति र संठनको आचरण विपरीत काम गर्दै गरेको  देखिएको छ। इंचार्ज बुढाथोकी तस्करलाई तस्करी गर्न सघाए  बापत हरेक  महिनाको लाखौ रकम बुझने गरेको स्रोतको दावी छ। उनले प्रहरी जवान मनीष यादव घुनवाको रुपमा परिचालन गरेको  छ। 

घुमुवा यादव मार्फत तस्करहरु मोहन यादव सँग  किराना समान बापत , कुखुराको नामुद तस्कर द्रविन मोरबैता, कपड़ाको नामुद तस्कर उपेन्द्र साह, रामसेवक यादव, मोहम्मद कलीम राईन लगायत विभिन्न तस्करहरु बाट महिनाको लाखौ  रकम उठाउने गरेको स्रोतको दावी छ।

तस्कर सँगको साँटघाँटको उदाङ्गो तस्वीर सामजिक संजालमा छ्याप(छ्याप्ति

शुक्रवार राती करिव ११ः३० बजेको समयमा नगर प्रहरीका इंचार्ज बिश्वबाबु बुढा थोकीले स्कटिङ गरि कुखुरा सम्बन्धित ठाउँ सम्म पुग्ने गरेको भिडियोमा प्रस्ट देखिएको छ ।

माथिको तस्वीरमा नेपाल भरी भारत तर्फको प्रतिबन्धित कुखुरा जन्य बस्तुको नामुद तस्कर द्रविन यादव सँगको अंगालो मारेको तस्वीर अहिले चौतर्फी आलोचीत भैरहेको  छ । यो तस्वीरमा नामुद तस्करी द्रविन मोरबैता तीनै ब्यक्ति हुन जसको नगर इंचार्ज सई बुढाथोकीले आफै  स्कटिङ्ग गर्दै गरेको प्रमाण फेला परेको छ।


 


बिचमा नामुद तस्कर द्रविन मोरबैताको दायाँ तर्फ प्रहरी सहायक निरिक्षक (असई) रामपुकार चौधरी हाल कार्यरत प्रहरी चौकी भगवानपुर र बयाँ तर्फ वडा  प्रहरी  कार्यालय सिरहाका इन्चार्ज प्रहरी सहायक निरिक्षक विश्वबाबु बुढ़ाथोकी)



तस्करहरुका लागि हाई–नारायण सई बुढ़ाथोकी

 पछिल्लो समय सिरहा जिल्ला तस्करीमा बदनाम भएको जिल्लाको रुपमा परिचित रहेको छ ।

सिरहामा अबैध रुपले नेपाल प्रहरीको स्कटिङमा रातीको समयमा कुखुरा तस्करी भैरहेको भिडियो प्रमाण फेला पर्नु अस्वभाविक रहेन। किनकी तस्करका लागि स्कटिङ्ग गरी गन्तव्य सम्म सुरक्षित सँग पुर्याउन सई बुढ़ाथोकी तस्करका लागि बरदान साबित भएको छ । हाई–नारायण भन्ने भनाई पुष्टि हुन्छ ।

कारवाहीबाट जोगिन अपरझट विदा

यही मंसिर १५ गते राती करीब  ९ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर ४ स्थित बसबिट्टाबाट सशस्त्र प्रहरीको विशेष टोलीले माड़र भन्सार छली गरी १३लाख २४ सय  मूल्य बराबरको अवैध कपड़ा स १च १५९ नम्बर प्लेट रहेको जीप सहित सोही स्थान घर भएका नामुद तस्कर मोह्हद कलीम राईनलाई सशस्त्र प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि माडर भन्सारमा बुझाइयोको थियो। 

उक्त नियन्त्रणमा लिएको समान  वडा प्रहरी कार्यालय सिरहाको केही दुरीमा पक्राउ परेको थाहा पाए लगतै आफु विदामा छु भन्दै  प्रतिक्रिया दिंदै कारवाहीबाट जोगिने प्रपंच  रचे अंततः उनी कारवाही जोगीन सफल भए । आफुलाई  कारवाही नहुने आश्वास्तमा अहिले खुलेआम तस्करीका समान स्कटिङ्ग गर्न थालेको छ। 

उनको दरबन्दी महोत्तरी जिल्ला प्रहरी कार्यलयमा भएपनि लाखौ कमाउने मोहमा ठूलोबड़ा हाकिमलाई मोटो रकम बुझाएर वडा प्रहरी कार्यालयको इन्चार्जको जिम्मेबारीमा निर्धक्क साथ बसेका छन्।

केही समय उता राजस्व अनुसन्धान विभागले ३ करोड़ बढ़ी मूल्य बराबरको अवैध भन्सार छलीका समान  नियन्त्रणमा लिन थाले पछि सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका तत्कालीन जिम्मेबारीमा सशस्त्र प्रहरी उपरिक्षक प्रमोद कुमार भारतीलाई कारवाही गरी  गणपतिको जिम्मेवारी हटाईएको थियो ।

प्रहरी प्रशासनको मुख्य जिम्मेवारी सिमा नाकामा अबैध तस्करीलाई न्यूनीकरण गर्नु हो तर यसको ठिक उल्टो देखिएको छ। नेपाल  प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करी भैरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

सरुवा महोत्तरीमा, जबरदस्ती नगर प्रहरीमा तस्करी गर्दै बुढाथोकी
नेपाल प्रहरीले बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा गरेको छ । एक महिना अगाडी नै सरुवा भएका बुढाथोकी अझै महोत्तरी गएका छैनन । उनले केही राजनीतिक दलको पावर लगाएर बलपूर्वक नगर प्रहरीमा अड्डा जमाएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०८० पौष १ आइतबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus