जनकपुरः टिकटोक भिडियो बनाउन रोकेपछि बुहारीले हालिन ससुरा, श्रीमान र देवरविरुद्ध उजुरी 

२०८० असार १८ सोमबार
बेलुकी ७:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक युवतिले आफ्नै श्रीमान, ससुरा र देवरविरुद्ध उजुरी दिएकी छन् । 

टिकटोक भिडियो बनाउन नदिएको निहुँमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ थापाचोक बस्ने रामेश्वर यादवकी श्रीमति बर्ष २१ की दुर्गा यादवले उजुरी दिएकी छन् । दुर्गाले आफू टिकटोक भिडियो बनाएपछि आफूलाई बिष खुवाएर मार्ने प्रयास गरेको भन्दै श्रीमान, ससुरा र देवरमाथि नै उजुरी दिएको हो । 

दुर्गाले परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। दुर्गादेवीको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासु लक्ष्मीनिया, पति रामेश्वर र देवर सुनिलविरुद्ध उजुरी दिएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यले २१ वर्षीया बुहारी दुर्गा देवीको हत्या प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

१० असारको राति २ बजेतिर दुर्गालाई पति रामबाबु र देवर सुनिल यादवले सिकिस्त अवस्थामा अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गरेको परिवारको दाबी छ ।

होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छन् । ‘ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गर्नुभयो’ दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितोे तरल पदार्थ जबर्जस्ती खुवाउनुभयो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आईसीयूमा थिएँ ।’

४ वैशाख २०७९ मा विवाह गरेका दुर्गा र उनका पति रामेश्वरका ४ महिनाका छोरा छन् ।

बिहे भएर आएदेखि नै ससुरा बेचन र सासु लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ छ । सासुले आफ्नो छोरी निर्मलालाई छोरा दिन दबाब दिएको र त्यसैका लागि हत्या प्रयास भएको उनको दाबी छ ।

जनकपुरस्थित कृष्णा नर्सिङ होममा चारदिन आईसीयूमा उपचारपछि शनिबार जनरल बेडमा सारिएकी उनको अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार आँप पकाउन प्रयोग हुने ओपी नामक विषादी शरीरमा फैलिएर दुर्गाको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनले दुर्गालाई जबरजस्ती विष खुवाएको वा अन्याय भएको रहेछ भने दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।

जानकारी अनुसार, टिकटोक लत्तमा फँसेकी दुर्गाले परिवारजन सम्झाई बुझाई गर्दा जबरदस्ती बिष खुवाएको गलत आरोप लगाएको दाबी ससुरा पक्षले गरेको हो ।

यता, धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताए ।

  • 0%
  • 6%
  • 1%
  • 0%
  • 90%
  • 3%

नेपाली काँग्रे्सको क्रियाशिल सदस्यता अपडेटका लागि पुनः नयाँ तालिका सार्वजनिक

  • २०८० असार १८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली काँग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू

पूरा पढ्नुहोस्

Bureau Menus