'तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो'

२०७९ असोज ११ मंगलबार
बेलुकी ७:४५ बजे
Anand Sharma

न्यूज ब्यूरो, सिरहा। तराई- मधेशका जिल्लामा वडो धुमधामका साथ मनाइने झिझिया नाँच यति खेर तराई मधेशको वातावरण नै उल्लासमय भएको छ ।

विभिन्न सांस्कृतिक पर्वले धनी तराई मधेशका जिल्लाहरूमा झिझियाको ऐतिहासिक महत्व वडो गज्जबको छ । दशैँको उल्लाससँगै परम्परागत झिझिया गीतले तराई मधेशका जिल्लाहरू गुञ्जायमान भएका छन् ।

‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया पर होइयौ ने सवार, अबोधबा बालक तोहर किछियो ने जनैछौं हो’ लगायतका गीतले यतिबेला मन्त्रमुग्ध बनेका छन् तराई मधेश । झिझिया पर्व हिन्दु धर्म मान्ने किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले हरेक बर्ष धुमधामका साथ मनाउने गरेका छन् ।

झिझिया नाच तराईको मौलिक नाचको रुपमा लिइन्छ र विशेष रुपमा यस नाचमा ग्रामीण भेगका किशोर–किशोरी तथा स–साना बालबालिकाहरूले एक समूह बनाएर सामूहिक रुपमा झिझिया गीत गाउने तथा नृत्य गर्ने गर्दछन् । 

झिझिया किन मनाइन्छ ?

दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको (Jhijhiya) विशेष रौनक छाएको छ । मधेशका अधिकांश मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन् ।

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ । दशैँका वेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्र अनुष्ठान गरी मारक शक्ति प्राप्त गर्छन् । यस्तो शक्तिको प्रतिवाद गर्न तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिएको जनविश्वास छ । दशैँमा बोक्सीको उपद्रोबाट आफ्नो परिवार तथा आफ्ना गाउँलाई जोगाउने मान्यता रहे अनुसार झिझिया पर्व मनाउने गरेको पाइएको हो ।

घटस्थापनादेखि सुरु हुने (Jhijhiya Dance) झिझिया नृत्यको तयारी पनि विशेष हुन्छ । झिझिया नृत्य सुरु गर्न पूर्वतयारी गर्नुपर्छ ।एउटा वा दुइटा घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा गोइंँठा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ ।

नृत्य गर्नपूर्व झिझियालाई दक्ष ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ –
‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी
बजर बान्हो दशो दुआरी
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।'

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर हातको सहारा नलिई नाच्दै ब्रह्मथानमा पुगी पूजा गरेर नाच्छन् ।

ब्रह्मथानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा छ । झिझियामा रहेका प्वाल तन्त्रमन्त्र गर्नेले गन्न सफल भए उनीहरू तन्त्र सिद्ध गरी निकै शक्तिशाली हुन सक्ने कथन छ । त्यसैले प्वाल गन्न नसकून् भनी झिझियाका टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्नेबित्तिकै दियो निभाएर झिझिया राखिन्छ। महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा लिइन्छ ।

गाउँघरमा झिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् । घरघरमा गई सामूहिक नृत्य गर्ने र घरधनीले कोसेली स्वरूप पैसा वा चामलदाल सहयोग दिने चलन छ ।

यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ । दशैँको आगमनसँगै दुष्ट शक्तिलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो ।

नृत्यसँगै गाइने गीतमा गाली पनि गरिन्छ। गाली गरियो भने दुष्ट शक्तिको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने विश्वास छ। झिझियाको लोक सांस्कृतिक पक्षलाई संरक्षण संवर्धन गर्नु उचित देखिन्छ। यो नृत्यमा दुष्ट शक्तिलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ ।
"चलचल गे डैनिया कदम तर,
तोरा बेटाके खैबौ बढमतर" 

मिथिला कला संस्कृतिमा यो नाचको विशेषता भइ पनि हाल यसको मौलिकता हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ ।

विजया दशमीको घटस्थापना देखि नैं सुरु हुने यो झिझिया पर्व दशमीको दिन सम्पन्न हुने गर्दछ ।

  • 80%
  • 0%
  • 20%
  • 0%
  • 0%
  • 0%

रहेनन् न्यूज ब्यूरोका कार्यकारी सम्पादक पत्रकार यादव

  • २०७९ असोज ११ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ ।  आज मँगलबार विहान ३ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा धनुषाधाम नगरपालिका वडा

पूरा पढ्नुहोस्

Bureau Menus