उपेन्द्र यादवद्धारा प्रदेश २ मा आन्दोलनको घोषणा
यस्तै, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ ।

२०७८ जेठ १८ मंगलबार, बिहान ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ ।
प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला अध्यक्षहरुलाई पत्राचार गरिएको जनकपुर टुडेमा समाचार छ ।
जेठ १८ गते मंगलबार साँझ ५ बजे सबै पालिका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम घोषणा गरिएको छ । यस्तै, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…