सबितालाई हत्या गरी फाँसी झुण्डयाइदिए : परिवारजन 

२०७७ जेठ ६ मंगलबार
रति ९:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ २ गते शुक्रबार महोत्तरीकी एक युवतिलाई हत्या गरी झुण्डाएको आरोप परिवारजनले लगाएको छ । 

 

प्रदेश नं. २ को महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ११ लोचना टोल बस्ने अन्दाजी बर्ष २८ की सबिता ठाकुरलाई हत्या गरी फाँसी (पासो) लगाइदिएको आरोप माईती पक्षले लगाएको छ । 


सबितालाई निर्घात कुटपिट गरी हत्या गरी झुण्डयाइदिएको मृतक सबिताकी जेठा दाजु शिवजी ठाकुरले जनाएका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै ठाकुरले आफ्नो बहिनीको हत्या गरी आत्महत्याको साबित गर्न खोजेको आरोप लगाएका छन् । 


करिब १३ वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएको सबितालाई विगत कैयौं महिनादेखि चरम यातना दिदै आएका उनका श्रीमान मनोज ठाकुरले उनलाई कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षको छ । यसअघि मलेसिया बस्दै आएका मनोज मलेसियामै अत्यधिक रक्सी सेवन गर्दै आएको र रक्सीको लत्त लागेको बताइएको छ । 

मलेसियाबाट घर फर्केका मनोज दिनहुँ जसो सबितालाई निर्घात कुटपिट गर्दै आएको बताईएको छ । दिनहुँ जसो रक्सी खाएर घरमा सबितालाई कुटपिट गर्न थालेपछि माईती पक्षबाट सबिताका जेठा दाजुले सम्झाउन समेत गएका थिए । 

 

बीचमा केही दिन केही नगरेपनि सबितालाई गत जेठ २ गते शुक्रबार दिउँसो निर्घात कुटपिट गरी हत्या गरेको जनाइएको छ । दिउँसो नै हत्या गरी घरमै झुण्डयाइदिएको बताउँदै सबिताले आत्महत्या गरेको भनेर उनका ससुरा पक्षले दाबी गर्दै आएको बताइएको छ । 

 

न्यूज ब्यूरोसँग मृतक सबिताकी जेठो दाजु शिवजीले रुदै भने,–“हामी ४ भाईबहिनीमा सबिता एक्लै बहिनी थिइन, यतिको तामझामका साथ विहे गरिदिएका थियौं । २ भान्जा र एक भान्जी पनि छन् । मेरी बहिनी आफ्नो ३ सन्तानलाई त्यतिकै छाडेर आत्महत्या गर्नै सक्दिन । यदि आत्महत्या नै गर्नु हुनेथियो भने यतिको चरम यातना, यतिको कुटपिट गर्दा कति पहिले नै गर्न सक्थिन, आफ्नो ३ छोराछोरीको माया, ममताले उनलाई आत्महत्या गर्न बाध्य पार्ने सक्दैन, उनलाई कुटपिट गरी हत्या गरिएको छ । हत्या गरी फेरी घाँटीमा डोरी लगाएर झुण्डयाइदिएको हो । हामीलाई न्याय चाहियो ।” 

 

धनुषाको बटेश्वर गाउँपालिका वडा नं.–५  शान्तिपुर माइती भएकी सबिताको कुटपिट गरेर श्रीमान लगायत घरकै सदस्यहरुले घाँटी थिचेर हत्या गरेको भनेर दाबी गरिदै आएको छ । 


सबितालाई जेठ २ गते दिउँसो नै हत्या गरी झुण्डयाएर बेलुकी ७ः३० बजे तर्फ मात्र फोन गरी सबिताको स्वास्थ्य अवस्था बिग्रेको भनेर जानकारी गराएको बताइएको छ । सबिताकी देबर सरोज ठाकुरले माईती पक्षतर्फ शिवजीलाई फोन गरी सबिताको स्वास्थ्य अवस्था नाजुक रहेको तथा अस्पताल लग्नुपर्ने भन्दै आउनको लागि बोलाएका थिए । 

 


शिवजी तथा उनका भाईहरु त्यहाँ जान ढिलो गरेपछि केही बेरमा मनोजका फुफा पर्ने (एक प्रहरी) ले शिवजीलाई फोन गरी झपारेका थिए । लास कति बेला उठाउने भनेर पेशाले प्रहरी रहेको मृतक सबिताकी श्रीमानकी फुफाले झपारेका थिए । 


शिवजी तथा उनको घरबाट अन्य व्यक्तिहरु गएपछि सबिताको शरिरभरी निलडाम देखिएको थियो । उनलाई निर्घात कुटपिट गरिएको त्यतिकै देखिएको भनेर शिवजी दाबी गर्छन् । 


उनले भने, –“यदि आफैंले पासो लगाएर आत्महत्या गरेको भए उनको जिब्रो बाहिर आउनुपर्ने, घाँटीको हड्डी भाँचिनुपर्ने थियो । खास कुरो के देखियो भने सबिताको शरिरभरि निलडाम पनि थियो । आत्महत्या गर्नेको शरिरमा नीलडाम कसरी आयो ? म दाबाको साथ भन्छु, मेरी बहिनीलाई हत्या गरिएको छ ।”


घटनास्थलमा प्रहरी र महिला अधिकारकर्मीहरु पुग्नपूर्व नै पासो लागेको बताउँदै परिवारजनले आफुहरुले पासो खोलेर भुँइमा लास राखेको दावि गर्दै आएको छ । 

 

माइती पक्षले घटना भएकै दिनदेखि लगातार जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेर बहिनीको हत्या भएको भन्दै किटानी जाहेरी दिदाँ पनि प्रहरीले दर्ता नगरेको आरोप सबिताकी दाजु ठाकुरले लगाएका छन् ।


माइतीपक्षका तर्फबाट बटेश्वरका नेकपाका युवा नेता सुनिल साह समेत सविताको मृत्यु घटना शंकास्पद रहेकाले प्रहरीले सहि तथ्य तरिकाले छानविन गर्नु पर्ने माग गरेका छन् । 

 

उनले भने माइती पक्षको तर्फबाट आफुहरु ३ दिनदेखि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी लिएर जाने गरेको तथा उनको फुफा प्रहरीमा भएको कारणले उल्टै भित्र हालदिने धै–धम्की देखाउने गरेको बताएका छन् । 

 

महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको आरेक नेपालकी कार्यक्रम अधिकृत लिला दियालीले पनि मृत्यू शंकास्पद देखिएको भन्दै प्रहरीले निष्पक्षताका साथ अनुसन्धान गर्नुपर्ने बताएकी हुन । 


यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव प्रसाद बुढाथोकीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म प्रक्रियागत रुपमा जाहेरी दर्ता गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । 


बहिनीसँगको घटनापछि अचेतझैं भएका शिवजीले आफ्नो बहिनीसँग न्यायको लागि मानवअधिकारकर्मी, महिलाअधिकारकर्मी सहित सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

100's Group ले मटिहानीका अग्नी पीडितहरुलाई भोलीदेखि एक सातासम्म खाना खुवाउने

  • २०७७ जेठ ६ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मटिहानीमा भएको भिषण आगलागीपछि खाना, वास, कपासको आवश्यकता अनुसार १०० ग्रुपले दैनिक खाना खुवाउने भएको छ ।  सरकारबाट उचित व्यवस्थापन नभएसम्म समाजिक कार्यमा सदैव कार्यरत १००

पूरा पढ्नुहोस्

Bureau Menus