बम विस्फोट स्थलमा नेता रघुवीर महासेठ

मृतक राजेश्वर साह र उनका छोरा आनन्द साहको अन्तिम सँस्कार अहिले केही बेरमा गरिने जनाइएको छ । 

२०७६ मङ्सिर २८ शनिबार
दिउसो ४:०७ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गएराती धनुषाको महेन्द्रनगरमा भएको आत्मघाती बम विस्फोटमा परी ३ जनाको मृत्यू भएपछि पीडित परिवारसँग भेटघाटको लागि नेता रघुवीर महासेठ मृतकको घरमा पुगेका छन् ।

गएराती करिब सवा १२ बजेतर्फ भएको बम विस्फोटमा परी क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने राजेश्वर साह र उनको छोरा सहित नेपाल प्रहरीका प्रहरी ईन्सपेक्टर अमिर दाहालको मृत्यू भएको हो । सो घटनाबारे बुझन र पीडित परिवारलाई सान्तावना दिनको लागि नेकपाका नेता एवम् पूर्व मन्त्री रघुवीर महासेठ मृतक साहको घरमा पुगेर शोक जनाएका छन् । 

 

उनले यस घटनाको पछाडी जो कोही भए कडा भन्दा कडा कारवाहीको माग गर्दै मृतक परिवारलाई धैर्य धारणको लागि आग्रह गरे । उनले सुरक्षा निकायसँग दोषीलाई यथाशिघ्र कानुनको दायरामा ल्याउन माग समेत गरे । धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतीनीधि सभा सदस्य समेत रहेका नेता महासेठले बम विस्फोटको घटनाबारे जानकारी पाएलगत्तै मृतक परिवारसँग भेटघाट गर्न पुगेका हुन् । 

 

नेता महासेठले मृतक परिवारहरुको अपूर्णीय क्षति भएको बताउँदै राहत स्वरुप क्षतीपूर्तिको व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता जाहेर गरे । शुक्रबार राती करिब सवा १२ बजे भएको सो बम विस्फोट प्रहरीको असावधानीको कारणले ३ जनाको ज्यान लिएको पीडित परिवारको कथन छ । 

 

यता, सो घटनाको विरोध गर्दै क्षीरेश्वनाथ उद्योग वाणिज्य संघले दोषीलाई कारवाहीको माग गरेको छ । घटनामा सँलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै बम विस्फोटमा घाईते भएकाहरुको स्वास्थ्य लाभको कामना समेत प्रेस विज्ञप्ति मार्फत गरिएको छ । संघका अध्यक्ष सुरेश साहले घटनाको छानविन तीव्र रुपमा गर्नुपर्ने माग पनि गरेका छन् । 

 

मृतक राजेश्वर साह र उनका छोरा आनन्द साहको अन्तिम सँस्कार अहिले केही बेरमा गरिने जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७६ मङ्सिर २८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus