धनुषाको क्रिएटिभ स्कूल १८ मेडल सहित प्रथम हुन सफल  

आयोजन हुने कार्यक्रमहरुभन्दा फरक र उत्कृष्ट रहेको नगरको अध्यक्ष यादवको ठम्याइ

२०७६ मङ्सिर ६ शुक्रबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्याब्सन नगर इकाइ समिति धनुषधामद्वारा आयोजित ‘प्याब्सन अन्तर विद्यालय खेल प्रतियोगीता–२०७६’ मा धनुषाको क्रिएटिभ ईङलिस बोर्डिङग स्कूल १८ मेडल सहित प्रथम स्थान हाँसिल गरेका छन् । 

 

कात्तिक २४ गतेबाट क्रियटिभ इंगलिश बोर्डिङ स्कूलको खेल मैदानमा सुरु भएको प्रतियोगीतामा विभिन्न विधाका १४ खेल समावेश गरिएको थियो । प्रतियोगीतामा ५२ वटा गोल्ड मेडल प्रदान गरिएको छ । जसअन्तर्गत क्रियटिभ इंगलिस बोर्डिङ स्कूल भिमानले १८ मेडल जितेर प्रथम स्थान ल्याउन सफल भएको छ ।    


सोे प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय सदस्य नरेन्द्र शर्माले खेलकुदले बालबालिकाहरुको शारीरिक तथा मानसिक विकास हुने बताउनु भएको छ । स्कुले बालबालिकाहरुलाई अध्ययन÷अध्यापनमा मात्रै सीमित नराखी चौतर्फी विकासको लागी खेलकुद आवश्यक भएको बताउनु भएको हो । प्याब्सनका नगर अध्यक्ष रामपुकार यादवको अध्यक्षतामा भएको उक्त समारोहलाई सम्बोधन गर्दै प्याब्सन धनुषा जिल्ला अध्यक्ष गणेश कुमार शर्माले खेल नै जीवन हो बताए । उनले भने, ‘खेलकुदले विद्यार्थीहरुलाई हरेक गतिविधिमा अगाडि बढ्न मद्दत पुग्छ ।’ खेलकुद प्रतियोगीताको आयोजना गरेर यस नगरपालिका अन्तर्गतका नीजि विद्यालयहरुले उदाहरणीय काम गरेको उनको भनाइ थियो । 


कार्यक्रम समापन गर्दै प्याब्सन नगर अध्यक्ष रामपुकार यादवले प्रतियोगीता सफल बनाउन सहयोग पु¥याएको भन्दै सबै विद्यालयहरुलाई धन्यवाद दिए । करिब ११ दिनसम्म चलेको उक्त प्रतियोगीता ‘नगरमा मात्रै नभएर जिल्लाभरिमै आयोजन हुने कार्यक्रमहरुभन्दा फरक र उत्कृष्ट रहेको नगरको अध्यक्ष यादवको ठम्याइ छ । यसरी नै प्याब्सअन्तर्गतका नीजि विद्यालयहरुले सहयोग गरे अगामि दिनमा पनि यस्ता कार्यक्रहरुले निरन्तरता पाइरहनेप्रति विश्वास व्यक्त गरे । 

प्रतियोगितामा सनराइज इंगलिस बोर्डिङ स्कूल किसानपुरले १६, भिजन इंगलिस एकेडमी मुलाबारीले १३, धनुष बाल मन्दिर धनुषाधामले ४ र श्री बुद्ध पाठशाला धारापानीले १ मेडल जितेका छन् । 
    क्रियटिभ इंगलिस बोर्डिङ स्कूलले टिम गेम सिनियर गल्र्स भलिबल तर्फ दोस्रो, जुनियर र सिनियर  गल्र्स फुटबल तर्फ प्रथम, सिनियर गल्र्स कबड्डी तर्फ प्रथम स्थान ल्याउन सफल भएका छन् । त्यस्तै इन्डिभिजुअल गेम सिनियर ब्वाइज १०० मिटर दौडमा तृतीय, सिनियर गल्र्स १०० मिटर दौडमा प्रथम, जुनियर गल्र्स १०० मिटर दौडमा प्रथम, सिनियर गल्र्स २०० मिटर दौडमा प्रथम, जुनियर गल्र्स २०० मिटर दौडमा प्रथम, सिनियर गल्र्स ४०० मिटर दौडमा प्रथम, जुनियर गल्र्स ४०० मिटर दौडमा प्रथम, सिनियर गल्र्स ८०० मिटर दौडमा प्रथम, सिनियर ब्वाइज ज्याभलिङ थ्रो तेस्रो, सिनियर गल्र्स ज्याभलिङ थ्रो प्रथम, जुनियर ब्वाइज ज्याभलिङ थ्रो तेस्रो, जुनियर गल्र्स ज्याभलिङ थ्रो प्रथम, जुनियर गल्र्स ज्याभलिङ थ्रो तेस्रो, लङ जम्प सिनियर ब्वाइज  तर्फ  तेस्रो, लङ जम्प सिनियर गल्र्स तर्फ प्रथम, लङ जम्प जुनियर गल्र्स तर्फ प्रथम, ट्रिपल जम्प सिनियर गल्र्स तर्फ दोस्रो, सिनियर गल्र्स ४×१०० रिले तर्फ प्रथम, सिनियर गल्र्स ४×४०० रिले तर्फ प्रथम स्थान ल्याउन सफल भएका छन् ।  

 

सनराइज इंगलिस बोर्डिङ स्कूलले टिम गेम भलिबल तर्फका सिनियर र जुनियर लेभल गरी ४ ओटै सिरीज, सिनियर ब्वाइज फुटबल तर्फ दोस्रो, सिनियर ब्वाइज कबड्डी तर्फ प्रथम, सिनियर गल्र्स कबड्डी तर्फ दोस्रो, जुनियर गल्र्स कबड्डी तर्फ प्रथम स्थान ल्याउन सफल भएका छन् । त्यस्तै इन्डिभिजुअल गेम सिनियर ब्वाइज १०० मिटर दौडमा दोस्रो, सिनियर गल्र्स १०० मिटर दौडमा दोस्रो, जुनियर ब्वाइज १०० मिटर दौडमा दोस्रो, सिनियर गल्र्स २०० मिटर दौडमा दोस्रो, जुनियर ब्वाइज २०० मिटर दौडमा तृतीय, जुनियर गल्र्स २०० मिटर दौडमा दोस्रो, सिनियर ब्वाइज ४०० मिटर दौडमा प्रथम, जुनियर ब्वाइज ४०० मिटर दौडमा प्रथम, सिनियर ब्वाइज ८०० मिटर दौडमा प्रथम, सिनियर गल्र्स ८०० मिटर दौडमा तेस्रो, जुनियर ब्वाइज ८०० मिटर दौडमा दोस्रो,  जुनियर गल्र्स ८०० मिटर दौडमा प्रथम, सिनियर ब्वाइज ज्याभलिङ थ्रो दोस्रो, सिनियर गल्र्स ज्याभलिङ थ्रो दोस्रो, जुनियर ब्वाइज ज्याभलिङ थ्रो दोस्रो, जुनियर गल्र्स ज्याभलिङ थ्रो दोस्रो, लङ जम्प सिनियर ब्वाइज  तर्फ  दोस्रो, लङ जम्प सिनियर गल्र्स तर्फ तेस्रो, लङ जम्प जुनियर ब्वाइज तर्फ प्रथम, लङ जम्प जुनियर गल्र्स तर्फ तेस्रो, ट्रिपल जम्प सिनियर ब्वाइज तर्फ तेस्रो, ट्रिपल जम्प सिनियर गल्र्स तर्फ तेस्रो, ट्रिपल जम्प जुनियर ब्वाइज तर्फ तेस्रो, ट्रिपल जम्प जुनियर गल्र्स तर्फ प्रथम, सिनियर ब्वाइज ४×१०० रिले तर्फ दोस्रो, सिनियर गल्र्स ४×१०० रिले तर्फ दोस्रो, जुनियर ब्वाइज ४×१०० रिले तर्फ प्रथम, जुनियर गल्र्स ४×१०० रिले तर्फ प्रथम, सिनियर ब्वाइज ४×४०० रिले तर्फ प्रथम, सिनियर गल्र्स ४×४०० रिले तर्फ दोस्रो स्थान ल्याउन सफल भएका छन् । 

 

भिजन इंगलिस एकेडमीले टिम गेम सिनियर ब्वाइज भलिबल तर्फ दोस्रो, सिनियर गल्र्स फुटबल तर्फ दोस्रो, सिनियर ब्वाइज फुटबल तर्फ प्रथम, जुनियर ब्वाइज कबड्डी तर्फ दोस्रो, सिनियर ब्वाइज कबड्डी तर्फ दोस्रो स्थान ल्याउन सफल भएका छन् । त्यस्तै इन्डिभिजुअल गेम सिनियर ब्वाइज १०० मिटर दौडमा प्रथम, जुनियर ब्वाइज १०० मिटर दौडमा प्रथम, सिनियर ब्वाइज २०० मिटर दौडमा प्रथम, सिनियर गल्र्स २०० मिटर दौडमा तृतीय, जुनियर ब्वाइज २०० मिटर दौडमा प्रथम, सिनियर ब्वाइज ४०० मिटर दौडमा दोस्रो, सिनियर गल्र्स ४०० मिटर दौडमा तृतीय, जुनियर ब्वाइज ४०० मिटर दौडमा दोस्रो, जुनियर गल्र्स ४०० मिटर दौडमा तेस्रो,  सिनियर ब्वाइज ८०० मिटर दौडमा तेस्रो, सिनियर ब्वाइज ज्याभलिङ थ्रो प्रथम, सिनियर गल्र्स ज्याभलिङ थ्रो तेस्रो, जुनियर ब्वाइज ज्याभलिङ थ्रो प्रथम, लङ जम्प सिनियर ब्वाइज  तर्फ प्रथम, लङ जम्प सिनियर गल्र्स तर्फ दोस्रो, लङ जम्प जुनियर ब्वाइज तर्फ दोस्रो, ट्रिपल जम्प सिनियर ब्वाइज तर्फ प्रथम, ट्रिपल जम्प सिनियर गल्र्स तर्फ प्रथम, ट्रिपल जम्प जुनियर ब्वाइज तर्फ प्रथम, सिनियर ब्वाइज ४×१०० रिले तर्फ प्रथम, सिनियर गल्र्स ४×१०० रिले तर्फ तेस्रो, सिनियर ब्वाइज ४×४०० रिले तर्फ दोस्रो स्थान ल्याउन सफल भएका छन् । 

 

धनुष बाल मन्दिरले टिम गेम जुनियर ब्वाइज फुटबल तर्फ दोस्रो, जुनियर ब्वाइज कबड्डी तर्फ प्रथम स्थान ल्याउन सफल भएका छन् । त्यस्तै इन्डिभिजुअल गेम जुनियर ब्वाइज १०० मिटर दौडमा तृतीय, जुनियर गल्र्स १०० मिटर दौडमा तृतीय, सिनियर ब्वाइज २०० मिटर दौडमा दोस्रो, जुनियर ब्वाइज २०० मिटर दौडमा दोस्रो, जुनियर ब्वाइज ४०० मिटर दौडमा तेस्रो, जुनियर ब्वाइज ८०० मिटर दौडमा प्रथम, जुनियर ब्वाइज ८०० मिटर दौडमा तेस्रो, जुनियर गल्र्स ८०० मिटर दौडमा दोस्रो, जुनियर गल्र्स ज्याभलिङ थ्रो तेस्रो, लङ जम्प जुनियर ब्वाइज तर्फ तेस्रो, ट्रिपल जम्प जुनियर गल्र्स तर्फ दोस्रो, जुनियर ब्वाइज ४×१०० रिले तर्फ तेस्रो, जुनियर गल्र्स ४×१०० रिले तर्फ दोस्रो स्थान ल्याउन सफल भएका छन् । 


श्री बुद्ध पाठशालाले टिम गेम जुनियर फुटबल तर्फ प्रथम स्थान ल्याउन सफल भएका छन् । त्यस्तै इन्डिभिजुअल गेम जुनियर गल्र्स १०० मिटर दौडमा दोस्रो, जुनियर गल्र्स २०० मिटर दौडमा तृतीय, जुनियर गल्र्स ४०० मिटर दौडमा दोस्रो, जुनियर गल्र्स ८०० मिटर दौडमा तेस्रो, जुनियर गल्र्स ४×१०० रिले तर्फ तेस्रो स्थान ल्याउन सफल भएका छन् । गोल्डेन फ्युचर इन्डिभिजुअल गेम सिनियर गल्र्स १०० मिटर दौडमा तृतीय, सिनियर ब्वाइज २०० मिटर दौडमा तृतीय, सिनियर ब्वाइज ४०० मिटर दौडमा तृतीय, सिनियर गल्र्स ४०० मिटर दौडमा दोस्रो, सिनियर ब्वाइज ८०० मिटर दौडमा दोस्रो, सिनियर गल्र्स ८०० मिटर दौडमा दोस्रो, लङ जम्प जुनियर गल्र्स तर्फ दोस्रो, ट्रिपल जम्प सिनियर ब्वाइज तर्फ दोस्रो, ट्रिपल जम्प जुनियर ब्वाइज तर्फ दोस्रो, ट्रिपल जम्प जुनियर गल्र्स तर्फ तेस्रो, सिनियर ब्वाइज ४×१०० रिले तर्फ तेस्रो, जुनियर ब्वाइज ४×१०० रिले तर्फ दोस्रो, सिनियर ब्वाइज ४×४०० रिले तर्फ तेस्रो, सिनियर गल्र्स ४×४०० रिले तर्फ तेस्रो स्थान ल्याउन सफल भएका छन् ।     


पब्लिक इन्टरनेशनल स्कूलले टिम गेम जुनियर गल्र्स कबड्डी तर्फ दोस्रो, जुनियर गल्र्स फुटबल तर्फ दोस्रो स्थान ल्याउन सफल भएका छन् । प्रतियोगीतामा प्रथम हुन सफल भएको क्रियटिभ इंगलिस बोर्डिङ स्कूललाई ‘प्याब्सन अन्तर विद्यालय खेलकुद प्रतियोगीता–२०७६’ रनिङ शिल्ड प्रदान गरिएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७६ मङ्सिर ६ शुक्रबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus