खुल्ला दिसामुक्त कागजमै सीमित, सर्लाहीको स्वास्थ चौकी नै शौचालय विहिन

शौचालय सन्चालनका लागि पटकपटक गुहार गरेपनि संबंधित निकाय कुनै पहल नगरेको उनिहरुको आरोप छ । 

२०७६ मङ्सिर २ सोमबार
बिहान ०९:४० बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गरिएपनि घोषणा राजनीतिक चलखेल र सरकारी स्तरबाटै भएको चरम लापरबाहीका कारण कागजमै सिमित हुन पुगेका छन। 


सर्लाही जिल्लाको पश्चिम र दक्षिण पर्ने गोडैता नगरपालिका वाड नं. २ जयपुरलाई गत वर्ष  जेठ १६ गते एउटा विशेष कार्यक्रमको आयोजना गरि खुल्ला दिसामुक्त वडाको रुपमा घोषणा भएको एक वर्ष भन्दा बढी वित्न लाग्दा पनि जयपुरमा रहेको स्वास्थ चौकीमा निर्माण भएको शौचालय सन्चालनमा आउन सकेका छैन। 


शौचालय नहुँदा स्वास्थ चौकीमा आउने विरामीहरुलाई दिसापिसाब गर्न समस्या हुने गरेका छन। विशेष गरेर अर्को गाउँ पिपरनाथ, भटौलिया र बेल्वाजब्दीबाट उपचारका आउने विरामीलाई खुल्ला ठाउँमै दिसापिसाब गर्नु परेका छन। गर्मी महिना बढी स्वास्थ चौकीमा झडापखालाका विरामी आउने गर्दछन तर चर्पी नहुँदा विरामीलाई धेरै तनावको सामना गर्नु परेको र विरामीलाई बोतलमा पानी राखेर खेतमा पठाउनु परेको त्यसमै काम गर्ने एक चिकित्सकले बताए।


चर्पी नहुँदा स्वास्थ चौकीमा काम गर्ने कर्मचारीलाई विधालय चर्पी प्रयोग गर्नु पर्ने बाध्यता रहेको त्यसैमा काम गर्ने एक कर्मचारी रामविनय साहले बताए। सार्वजनिक विदामा विधालय बन्द हुँदा कर्मचारीलाई पनि खुल्ला ठाउँमै शौच गर्नु परेका छन। विशेष गरेर स्वास्थ चौकीमा काम गर्ने महिला कर्मचारीलाई बढी समस्या हुने गरेका छन तर समस्या समाधानका लागि संबंधित निकाय कानमा तेल राखेर बसेको स्वास्थ चौकीमा काम गर्ने कर्मचारीहरु बताउँछन। शौचालय सन्चालनका लागि पटकपटक गुहार गरेपनि संबंधित निकाय कुनै पहल नगरेको उनिहरुको आरोप छ । 

 

आर्थिक वर्ष २०७६ ७७ मा स्वास्थ चौकीको भौतिक तथा पुर्वाधार निर्माणको लागि ५ लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष भोला महतोले बताए। एक महिना भित्रमै स्वास्थ चौकीको शौचालय सन्चालनमा आउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो समस्या गोडैता नगरपालिकामा मात्र नभई देशको अरु पालिकाहरुमा पनि रहेको जानकारहरु बताउँछन। सरकारले लिएको नेपाललाई खुल्ला दिसामुक्त बनाउने अभियान निश्चित समयमा व्यवहारिक रुपमा पुरा नभएको जानकारहरुका कथन छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७६ मङ्सिर २ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus