सांसद यादवले शुरु गरे 'जनता दर्शन' कार्यक्रम

आफू जनप्रतिनिधि भएका हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफ्नो चाहना रहेको उनले बताए ।

२०७६ असोज ५ आइतबार
बेलुकी ७:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगञ्ज । समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका छन् । 

 

संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका हुन् । संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म त्यो कार्यक्रमलाई निरन्तरता दिने सांसद यादवले बताए । 

 

अरु बेला पनि आफू जनताको सम्पर्कमै रहने गरेको तर यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले ‘अपनेके सांसद, अपनेकेद्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम शनिवारदेखि शुरु गरेको बताए । उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए । 

 

पर्साको संसदीय क्षेत्र नम्बर १ को लालपर्साबाट सुरु भएको सो कार्यक्रमको उद्घाटन दलित वस्तीबाट भएको हो । आफू जनप्रतिनिधि भएका हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफ्नो चाहना रहेको उनले बताए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ असोज ५ आइतबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus