महोत्तरीमा पोखरीमा महिलाको शव !

घटनाबारे अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

२०७६ असोज ५ आइतबार
बिहान ०८:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । 

 

महोत्तरी बर्दिवास नगरपालिका–१२ विजलपुरास्थित माछा पोखरीमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ की ३४ वर्षीया मिनादेवी सुवेदी मृत अवस्थामा भेटिएकी हुन् । शनिवार साँझको समयमा बाख्राको लागि घाँस काट्न गएकी मिना राति अबेरसम्म नआएपछि खोजतलाश गर्दा पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 

मृतक महिला पतिसँगै सोही पोखरीको माछा रेखदेखको काम गर्दै आएको बताइएको छ । मृतकको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

 

घटनाबारे अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७६ असोज ५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus