ब्लड क्यान्सर पीडितलाई नेपाली युवाहरुद्धारा मलेसियामा सहयोग

सानै उमेरमा यस्तो दुस्खमा परेका नावाङ लाइ नयाँ जिवन दिन सके पक्कै पनि नावाङले  नया जिवन पाउने थिए ।

२०७६ भदौ १६ सोमबार
रति ८:५७ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, मलेसिया ।   मलेसिया १५ वर्षीय नवाङ मोक्तान लाइ नेपाली मजदुर एकता केन्द्र मलेसिया ले आर्थिक सहयोग गरेको छ । 


मोक्तानको घर काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँ पालिका वडा नम्बर १ स्थाइ घर भै हाल ललितपुर जिल्ला इमाडोल कृष्ण मन्दिर स्थित बस्दै आएका नावाङ को परिवार अहिले ठुलो पीडामा छन नावाङको ब्लड क्यान्सर भएको थाहा पाए पछि आफ्ना सम्पुर्ण सपनाहरू नै समाप्त भएको भन्दै चिन्तित भएका छन ।


नावाङ टुहुरा हुन उनको आमाको केहि वर्ष अगाडी सडक दुर्घटनामा परेर मृत्यु भयो तेसपछि आमा बिनाको जिवन बित्ताउदै आएका नावाङ यतिखेर आफै मृत्युको मुखमा पुगेका छन यदि समय मै उपचार गर्न नसकेको खण्डमा अप्रीय क्षेण आउने करिब करिब निश्चित जस्तै छ । केहि समय अगाडि ढाड दुख्ने अनि जोर्नी र नसामा ज्योरो आउने समस्या लिएर उनि पाटन हस्पिटल पुगेका थिए  नवाङको लागी जिवन कै सबैभन्दा अप्रिय रिपोर्ट आयो रिपोर्ट हातमा लिएर बसेका डाक्टरले नावाङका बुवा लाइ बोलाएर भने तपाईंको छोरा लाइ ब्लड क्यान्सर भएको रहेछ ।

 

 यस्तो सुनाए पछि आफुलाइ जिउँदै मरेको अनुभव भएको सुनाउछन नवाङका बाबु ड्राइभिङ गरि  आफ्नो पारिवारिक जिवन जसोतसो धान्दै आएका बुबा ज्ञान बहादुर मोक्तान विगत सात महिना देखी हस्पिटलको बेडमा मृत्यु सग लडिरहेको छ्न । अहिलेसम्म हस्पिटल धाउदा धाउदै दुइ लाख भन्दा बढी रकम खर्च भैसकेको पीडितका बुवा ले बताए ।

  

कक्षा १० मा अध्यनरत नावाङका जिवनका बाकी सपनाहरू के हुन्छन होला नावाङ लाइ बचाउन सकिएला कि नसकिएला यति  बेला यो प्रशासन सबैका सामु खडा भएको छ सानै उमेरमा यस्तो दुस्खमा परेका नावाङ लाइ नयाँ जिवन दिन सके पक्कै पनि नावाङले  नया जिवन पाउने थिए । पारिवारिक रूपमा आर्थिक अवस्था अत्यन्त कमजोर रहेको हुँदा आर्थिक सहयोग संकलनको निम्ती मलेसियामा रहनु भएका नवाङका अंकल विजय तामाङले सहयोगको लागी पहल गर्दै आएका थिए ।

 

आर्थिक संकलन नै क्रममा  मलेसिया स्थित नवस् गठित नेपाली मजदुर एकता केन्द्रका कार्यलयका पदाधिकारीहरुले नावाङ लाइ तत्कालै उपचार को निम्ती सहयोग स्वरुप भन्दै आए एम ३०१ अर्थात रु ८,१०० हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष तेजबहादुर कार्की ले बताउनु भएको हो । यसै गरि अन्य इच्छुक नेपाली दाजुभाइ दिदिबहिनी लाइ पनि सहयोगको लागी नवाङका अंकल  तथा नेपाली मजदुर एकता केन्द्र मलेसियाले संयुक्त रूपमा  अपिल समेत गरेका छन  ।

 

पीडित लाइ सहयोग गर्न सम्पुर्ण मनकारि इच्छुकले निम्न माध्यम द्वारा सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ ।


मलेसियाका लागी सम्पर्क विजय तामाङ पीडितका अन्कल फोन नं +60 16-605 6240 तेस्तै नेपाली मजदुर एकता केन्द्र मार्फत जोडिएर पनि सहयोग गर्न सक्नुहुने छ । सम्पर्क नं.+601121464428 मा सम्पर्क गर्न सक्नुहुने छ ।

नेपालका लागी सम्पर्क नम्बर ज्ञान बहादुर  मोक्तान  +9779861611096 पीडितको बाबा अथवा नवाङ मोक्तान  बचाउ अभियान को खाता नम्बर 02-126-0148-7219-01-04 कृषि विकास बैंक लिमिटेड सहयोग आर्थिक रकम जम्मा गर्न सक्नुहुने छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७६ भदौ १६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus