साफ यू–१५ च्याम्पियनशिप फाइनल : नेपाल भारतसँग ७–० ले पराजित

कल्याणी स्टेडियममा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

२०७६ भदौ १४ शनिबार
बेलुकी ५:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । साफ यू–१५ च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग ७–० को फराकिलो गोल अन्तरले पराजित भएको छ । 

 

कल्याणी स्टेडियममा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो । भारतले १५ मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि महेसोन सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

 

त्यस्तै पहिलो हाफको ४१ औँ मिनेटमा अमनदीपले भारतका लागि दोस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजीतले थप एक गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछाडि परेको थियो ।  

 

तर, नेपालको पोस्टमा भारतका खेलाडीले गोल थप्न नछोड्दा दोस्रो हाफमा नेपालले ४ गोल खायो । खेलको ५२ औँ मिनेटमा भारतले एक गोल थप्यो । भारतका लागि श्रीदार्थले चौँथो गोल गरे । त्यस्तै ६५ मिनेटमा भारतका लागि  हिमांश जनग्राले गोल गरे । 

 

भारतले नेपालविरुद्ध आक्रामक खेल खेल्न नछोड्दा ७६ औँ र ८० मिनेटमा फेरि श्रीदार्थले गोल गरे । श्रीदार्थले ह्याट्रिक पनि पूरा गरेका थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus