प्रहरी थुनुवाबाटै फरार भएका बलात्कार मुद्दाका आरोपि 'यादव' पक्राउ 

उनलाई त्यो दिन दिउँसो प्रहरीको रोहबरमा बयान गराउन क्राईम ब्रान्च शाखामा लगिएको थियो । 

२०७६ भदौ ४ बुधबार
बिहान ११:४१ बजे
न्यूज ब्यूरो | डेस्क
फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट भागेका एक थुनुवालाई पुनः पक्राउ गरिएको छ । 

 

गत साउन ३० गते विहिबार दिउँसो बयानको लागि अपराध अनुसन्धान शाखा (क्राईम ब्रान्च) मा लिएर गएको बखत उनी जिल्ला प्रहरी कार्यालयकै परिसरबाट फरार भएका थिए ।  जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरीको नियन्त्रणमा रहेका सिरहा जिल्लाका अन्दाजी वर्ष २० का राममनी यादव प्रहरीलाई चक्मा दिदै फरार भएका थिए । उनलाई त्यो दिन दिउँसो प्रहरीको रोहबरमा बयान गराउन क्राईम ब्रान्च शाखामा लगिएको थियो । 

 

सो क्रममा सीमा नाकामा रहेका धनुषा तथा सिरहाका विभिन्न ईलाका प्रहरी कार्यालयलाई फरार यादवको खोजविन गर्न कडा निर्देशन दिइएको थियो । 

जिल्ला प्रहरी कार्यालय परिसरभित्रै रहेको अपराध अनुसन्धान शाखामा बयानको लागि सुरक्षासाथ लगिएको यादवले प्रहरी अधिकारी कम्प्युटरमा व्यस्त भएको मौका छोपी फरार भएका आरोपी यादवलाई सिरहाको माडरबाट मँगलबार पक्राउ गरिएको हो । शाखामा थुनुवाहरुको भीडभाड रहेको मौका छोपी फरार भएका यादवलाई झण्डै ५ दिनपछि पक्राउ गर्न सफल भएको हो । 

 

सम्बन्धित समाचार : जिल्ला प्रहरी धनुषाबाट बलात्कार मुद्दाका थुनुवा फरार !

 

उनका साथै प्रहरीले थप ४ विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीले जनाए । उनका अनुसार फरार भएका राममनी यादव सहित चार विद्यार्थीलाई समेत प्रहरीले मंगलबार पक्राउ गरेको हो । चारै जना जनकपुरमा अध्ययनको शिलशिलामा रहेका छन् भने उनीहरु सिरहा जिल्लाको विभिन्न गाउँको रहेका छन् । (गोपनियता भँग नहोस तथा अनुसन्धानकै क्रममा रहेकोले उनीहरुको नाम गोप्य राखिएको छ) 


जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बलवा टोलमा डेरा लिई बस्दै गरेका यादवले एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । यही मुद्दामा प्रहरीको हिरासतबाटै थुनुवा यादव फरार भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने डीएसपी कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबीन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारिएको थियो ।

 

सो क्रममा सीमा नाकामा रहेका धनुषा तथा सिरहाका विभिन्न ईलाका प्रहरी कार्यालयलाई फरार यादवको खोजविन गर्न कडा निर्देशन दिइएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus