पक्राउ गरिएको १ सय १० बोरा मल धनुषा प्रहरीले बेचे 

चालकलाई त्यहाँबाट गाडी भगाउन फोन आएपछि प्रहरीलाई शंका लागेपछि तत्कालै गाडी नियन्त्रणमा लिएर राखेका थियो ।

२०७६ श्रावण १३ सोमबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । लाखौं मूल्य बराबरको मल पक्राउ गरी धनुषा प्रहरीले किसानलाई बेचेका छन् ।


गत साउन ९ गते दिउँसो १२ बजे र अपरान्ह ४ बजेतर्फ पक्राउ गरिएको दुई वटा पिकअपमा राखिएको १ सय १० बोरा रसायनिक मल ईलाका प्रहरी कार्यालय धनुषाधामले स्थानीय किसानहरुलाई विक्रि वितरण गरेको हो । विना कागज पत्र र बिल भपाईकै रहेको उक्त रसायनीक मल प्रहरीले पक्राउ गरिएपनि नेताहरुको दबाबमा विक्रि गर्न लगाइएको बुझिएको छ । 


यस सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले कालोबजारी नहोस भनेर पक्राउ गरिएको मल विक्रि गरिएको प्रतिक्रिया दिएका छन् । पक्राउ गरिएको मलको बिल भपाई नै नरहेको सन्दर्भमा बोल्दै प्रजिअ कनेलले स्थानीय व्यापारीले सबै बिल भर्पाइ ल्याएपछि मात्र किसानमा बाँडिएको बताए । उनले भने, - "अवैद्य त थिएनन, जसको मल थियो त्यो सबै बिल भपाई विहान पख लिएर आएको थियो, त्यसपछि यस्तो विपदाको समयमा पसलमा स्टोक गरी किसानलाई बढी मूल्य लिएर कालोबजारी गर्न दिनुभन्दा ठाउँको ठाउँ किसानलाई बाँडनु वेश लाग्यो ।" 

 

 यो पनि : धनुषाबाट लाखौंको अबैद्य मल बरामद, छुटाउन 'लोकल नेता' हरुको फोन


ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक राम कुमार यादवले मल किसानलाई बेचेको पुष्टि गरेका छन् । प्रत्येक किसानबाट ८ सय १० रुपैयाँ प्रति बोरा लिएर विक्री वितरण गरेको जनाइएको छ । तराई मधेश डुबानमा परेको बेला किसानले सहजै मल पाउन ग्राहो भएको तथा यस्तो अवस्थामा केही व्यापारीहरुले कालोबजारी गर्ने गरेको पाइएकोले माथिको आदेशानुसार पक्राउ गरिएको ठाउँको ठाउँ स्थानीय किसानलाई विक्री वितरण गर्न भनिएको हो । 


प्रहरीका अनुसार दुवै पिकअपमा १ सय १० बोरा रसायनिक मल राखिएको थियो । पिकअपमा अत्यधिक भार देखेपछि चेकजाँचको लागि पिकअप रोक्न लगाएको थियो । केही बेरपछि लगत्तै चालकलाई त्यहाँबाट गाडी भगाउन फोन आएपछि प्रहरीलाई शंका लागेपछि तत्कालै गाडी नियन्त्रणमा लिएर राखेका थियो ।  एउटामा ५० बोरा र अर्कोमा ६० बोरा गरी कुल १ सय १० बोरा मल बरामद गरिएको हो । ज ४ च ८३८७ र ज १ च १६१६ नम्बरको पिकअपमा मल बरामद गरिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७६ श्रावण १३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus