भोकभोकै छट्पटिरहेका बाढी पीडितलाई 'जनमत पार्टी' को राहत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न आईतबार ग्राउण्ड जिरोमै गएर स्थलगत अनुगमन गरेका थिए ।

२०७६ असार ३१ मंगलबार
बेलुकी ७:४१ बजे

न्यूज ब्यूरो, सिरहा । अविरल वर्षापछिको विनाशकारी बाढीले प्रभावित परिवारलाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा राहत वितरण गरिएको छ ।

 

सिरहा–धुनषाको सिमामा पर्ने कमला नदीको बाढीले अत्ति प्रभावित सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित बसपिट्टामा जनमत पार्टीले राहत वितरण गरेको हो । विनाशकारी बाढीले अस्तव्यस्त बनेको सो बस्तीमा जनमत पार्टी मिर्चैयाले २ सय ५० बढी घरपरिवारलाई राहत बाँडेको छ ।

 

कमलाको छर्की भत्काएर गाउँ पसेको बाढीले अन्नपात समेत बर्बाद पारेपछि राहत पर्खिरहेका उनीहरुलाई राहत स्वरुप मुरही, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न सामाग्रीसँगै मैनवत्ति समेत वितरण गरिएको जनमतका अरविन्द सहनीले जानकारी दिए । भिषण वर्षा र बाढीपछि विद्युत सेवा ठप्प बनेका कारण राति अंध्यारोमै बस्न परिरहेको बाध्यतालाई मध्यनजर गर्दै तत्काल मैनवत्ति बाँडिएको हो ।

 

सिरहामै सबैभन्दा बढी प्रभावित मानिएको बसपिट्टा गाउँमा हालसम्म कत्तैबाट राहत नगएपछि जनमत पार्टीका युवाहरु राहत लिएर पुगेका हुन् । सिँचाईका लागि निर्माण गरिएको ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट पसेको बाढीले गाउँमा वितण्डा मचाएको छ ।

 

जनमत पार्टीका अरविन्द सहनीले जनाए अनुसार, उनीहरु बाढी आएको दिनदेखि नै सुत्न पाएका छैनन् भने अन्न र लत्ताकपडा समेत भिजेका कारण खान पनि राम्ररी पाएका छैनन् । बाढीले उठिवास लगाएको सो बस्तीका सर्वसाधारणको भोक टार्न आफूहरुले राहत बाँडेपनि त्यहाँ अझ राहतको आवश्यकता रहेको जनाए ।

 

अन्य सरोकारबालाहरुले उनीहरुलाई नहेरिदिएपछि उनीहरुको उठिवास भएको छ । भोट लिएर चुनाव जितेर गएकाहरुसमेत विपद्का बेला हेर्नसम्म नआएपछि उनीहरु दुखेसो पोख्दै भक्कानिन्छन् ।

 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बाढीबाट प्रभावित कमला आसपासका विभिन्न क्षेत्रका पीडितहरुको अवस्था बुझ्न आईतबार ग्राउण्ड जिरोमै गएर स्थलगत अनुगमन गरेका थिए भने डा. राउत नेतृत्वको जनमत पार्टीमा आवद्ध उनका समर्थकहरुको ‘रेस्क्यू टिम’ बाढीमा फसेकाहरुको उद्धार कार्यमा समेत जुटेका थिए । जनमत पार्टीको रेस्क्यू टिमले गत शनिबार कमलाबाट सिरहाका ३ जनालाई जीवितै उद्धार पनि गरे ।

 

केही दिन यताको अविरल वर्षापछिको बाढीले तराई मधेशको विभिन्न नदी आसपासका बस्तीहरुमा वितण्डा मचाएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७६ असार ३१ मंगलबार

Bureau Menus