खस्किैदै वीरगञ्ज भन्सार, आयात र निर्यातको फरक ५ खर्ब भन्दा बढी !

चालु आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ३७ अर्ब ८७ करोडको समान आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क छ ।

२०७६ असार १४ शनिबार
बिहान ११:१२ बजे
न्यूज ब्यूरो
Photo : Google.com


न्यूज ब्यूरो, वीरगञ्ज : नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा आयात र निर्यातबीचको फरक ५ खर्बभन्दा माथि पुगेको छ ।

 

 २०७५ साउन देखि २०७६ जेठसम्ममा ५ खर्ब ३७ अर्ब ८७ करोडको मालसमान आयात भएको भने जम्मा २२ अर्ब ७४ करोड रुपैयाँको सामान मात्रै निर्यात भएको छ ।वीरगञ्ज भन्सार हुँदै भारत तथा तेस्रो मुलुकबाट ठूलो परिमाणमा समान आयात हुने गरेको छ भने त्यसको तुलनामा निर्यात एकदमै कम हुन्छ । सडक मार्ग हुँदै आएका मालबाहक सवारी साधन वीरगञ्ज भन्सार कार्यालय भएर आउने गरेका छन् ।

 

वीरगञ्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष ०७५/०७६ को जेठ महिनामा ५१ अर्ब ७२ करोडको समान आयात भएको छ । जुन गत आर्थिक वर्ष ०७४/०७५ को भन्दा ४.३१ प्रतिशत अर्थात २ अर्ब ३३ करोडले कम हो ।

 

जेठ महिनासम्मको तथ्याङ्क हेर्दा भने आयातमा १५ प्रतिशतले वृद्धि भएको छ । ०७४/७५ मा ४ खर्ब ६६ अर्ब ३ करोडको समान आयात भएको वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ३७ अर्ब ८७ करोडको समान आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क छ ।

 

निर्यातमा भने ७२.५३ प्रतिशतले वृद्धि देखिएको छ । ०७४/०७५ को ११ महिनामा १३ अर्ब १८ करोडको समान निर्यात भएको थियो भने ०७५/०७६ मा २२ अर्ब ७४ करोड मुल्य बराबरको समान निर्यात भएको छ ।

 

आयातको तुलनामा परिमाण निकै सानो भए पनि निर्यात तर्फ भने ८९.२१ प्रतिशतले वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको जेठ महिनामा १ अर्ब ३९ करोडको समान निर्यात भएकोमा चालु आर्थिक वर्षको जेठमा २ अर्ब ६३ करोडको समान निर्यात भएको छ ।

 

भन्सार नाका हुँदै तेल, फिड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटीक सूज) , जुस जाम, खुदो, आल्मोनियम छड डण्डी, जमोठ कपडा, सिआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान निकासी हुने गरेका छन् ।

 

वीरगञ्ज भन्सार नाका हुँदै नयाँ सवारी साधन तथा त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थरकोइला, फलामे छडडण्डी, पाइप, सिमेन्ट क्लिङ्कर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेसिनरी तथा कच्चा पदार्थ आयात हुने गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७६ असार १४ शनिबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus