मधेशका किसानहरु सरकार विरुद्ध सडकमा आउनुको विकल्प छैन : नेता अरगरिया 

सांसद अरगरियाले धान र गेहुँमा सबसिडिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

२०७६ असार ८ आइतबार
बेलुकी ७:५० बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, काठमान्डौं ।  धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले मधेशका किसानहरु सरकार विरुद्ध आन्दोलन गर्नुको अर्को विकल्प नभएको बताएका छन् । 

 

आईतबार संघीय संसदमा जीरो समयमा बोल्दै अरगरियाले किसानहरुको समस्या समाधानको लागि बारम्बार सरकारसँग आग्रह गरेपनि कुनै सुनुवाई नगरेको भन्दै अब आन्दोलनको विकल्प नभएको जीकिर गरे । उनले बारम्बार सांसद भवनमा धनुषा र सिरहा जोडने ऐतिहासिक कमला नदी किनारका किसानहरुलाई जँगली सुँगुर, नील गाईले हुने गरेको बालीनालीलाई नष्ट पार्दै आएको भएपनि सरकारले त्यसलाई व्यवस्थापनको लागि केही नगरेको दुःखेसो पोखे । 

 

नेता अरगरियाले सँसद भवनमा निरन्तररुपमा किशानहरुको समस्या समाधानका लागि कृषि तथा पशु पंन्छी बिकास मन्त्रालयका मन्त्रीसँग धनुषा र सिरहा नदिको बीचमा पर्ने कमला नदिको छेउ छाउमा रहेको कृषि क्षेत्रमा निल गाइ, सुगुरको आतंक व्यवस्थापन गर्न अहिलेसम्म किन हुन नसकेको भन्दै प्रश्न तेर्साए । 

 

तराई मधेशको लागि सधैं खडा भएर संसदमा प्रस्तुत भएका सांसद अरगरियाले धान र गेहुँमा सबसिडिको व्यवस्था किन नगरेको भन्दै कृषि मन्त्रीसँग प्रश्न गरे । उनले सरकारलाई गफ मात्र नभई किसानहरुको हितमा काम गर्न आग्रह गरे ।

 

सो क्रममा मन्त्रीले जवाफ दिन नसक्नु चिन्ताजनक रहेको बताएका थिए । उनले तत्काल धनुषा, सिरहा लगायत तराई मधेसमा यस्को उचित ब्यबस्थापन गर्नुपर्ने माग उठाउँदै अन्यथा किशानहरु सरकार विरुद्ध उत्रनुको बिकल्प नरहेको औल्याए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७६ असार ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus