धनुषाधाम नपामा महिलालाई सशक्त बनाउन ३ दिने यस्तो तालिम !

महिलाहरु सशक्त भए मात्र समाजको मुहार फेरिने भन्दै महिला विकासको लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरे ।

२०७६ असार ७ शनिबार
दिउसो १:३४ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा महिला सशक्तीकरण तथा क्षमता वृद्धि तालिम सुरु भएको छ ।

 

धनुषाधाम नपा ५ स्थित मावि प्रीतपुर पर्वतामा नगरपालिकाको सहयोग तथा गैर सरकारी संस्था दलित युवा संजाल केन्द्रको आयोजना तीनदिने महिला सशक्तीकरण तथा क्षमता वृद्धि सम्बन्धि तालिम सुरु गरिएको हो ।

 

शुक्रवारदेखि सञ्चालन भएको तालिममा स्थानीय महिलाहरुलाई सहभागिता गराइएको छ । गैर सरकारी संस्था दलित युवा संजाल केन्द्रका अध्यक्ष विशेश्वर मण्डलको अध्यक्षता एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरज श्रीवास्तवको प्रमुख आतिथ्यमा विधिवत् रुपमा तालिमको शुभारम्भ गरिएको हो । 

 

नगरकी महिलाहरुलाई सशक्त बनाउन तथा क्षमता उकास्ने उद्देश्यले यो तालिम ल्याएको अधिकृत श्रीवास्तवले बताएका छन् । 

 

उनले महिलाको विकास विना समृद्धिको सपना अधुरै रहने भन्दै नगरपालिकाले महिलाको क्षमता विकासलाई प्राथमिकता लिएर अघि बढेको जनाए । महिलाहरु सशक्त भए मात्र समाजको मुहार फेरिने भन्दै महिला विकासको लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरे ।

 

आगामी दिनमा यस किसिमका अझ प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाएको अधिकृत श्रीवास्तवले बताए । उनले कार्र्यक्रममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि सबैलाई आग्रह समेत गरे । नगर विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

 

निमित्त प्रप्रअ निरज श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको समुद्घाटन कार्यक्रममा वडा १ का वडाध्यक्ष विश्वनाथ यादव, वडा २ का प्रभु नारायण साह, ४ का परिक्षण यादव लगायत स्थानीय वुद्धिजीवी, समाजसेवी, अगुवा तथा महिलाहरुको सादनार सहभागिता थियो । 

 

कार्यक्रमको उद्घोषण मोख्तार हुसेनले गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७६ असार ७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus