जातीय भेदभाव र छुवाछुतलाई तामाचा दिन सामूहिक भोज !

यो कार्यक्रमबाट परिवर्तनपूर्ण संदेश प्रवाह हुने विश्वास गरिएको छ ।

२०७६ जेठ २२ बुधबार
रति ८:१८ बजे

न्यूज ब्यूरो, सिरहा । अष्टावक्र फाउन्डेशन मिर्चैयाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस संदेश मूलक कार्यक्रम गरेर मनाएको छ । 

 

फाउन्डेसनले समाजमा विद्ययमान रहेका जातीय भेदभाव तथा छुवाछुतलाई परास्त गर्न सामूहिक रुपमा एक कार्यक्रम गरी विभिन्न जातजातीहरु सँगै खाना खाएर मनाएका छन् ।

 

समाजमा अन्धविश्वासको रुपमा जड गाडेर रहेको भेदभाव र छुवाछुतलाई तामाचा दिन यो कार्यक्रमबाट परिवर्तनपूर्ण संदेश प्रवाह हुने विश्वास गरिएको छ ।

 

कार्यक्रममा समाजमा विद्यमान रहेका जातीय भेदभाव तथा छुवाछुतको जड उखाड्न जनचेतनामूलक डेमोहरु समेत दिइएको फाउन्डेसनका हरि पासवानले जनाए ।

 

फाउन्डेसनले मिर्चैया ६ जिवा मुसहरी टोलमा सामूहिक भोजको आयोजन गरेको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७६ जेठ २२ बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus