हरिराम यादव प्रकरण : सांसद यादवले भने, 'न्याय नपाए परिणाम भयावह हुनेछ'

हरेराम यादवमाथि भएको कुटपिटको घटनालाई मधेशी जनताले गम्भीरतापूर्वक हेरिरहेको सभामुखलाई ध्यानाकर्षण गराए ।

२०७६ जेठ २० सोमबार
दिउसो १:२९ बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंमा कुटिएका मधेशी मूलका हरिराम यादवले न्याय नपाए परिणाम भयावह हुने राजपा नेपालका अध्यक्षमण्डलका नेता तथा सांसद राजकिशोर यादवले चेतावनी दिएका छन् । 

 

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा नेता यादवले यस घटनाप्रति राज्य र सुरक्षा निकाय मौन रहनु शंकास्पद रहेको भन्दै समयमै नसुने परिणाम भयावह हुने चेतावनी दिएका हुन् ।

 

घटना भएको यतिको दिन बित्दासम्म र घटनाले यतिको चर्चा पाउँदा पनि राज्यले नसुनेको झैँ गरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

 

सांसद यादवले काठमाडौंमा महोत्तरीका हरिराम यादव उपर भएको आक्रमणले सामाजिक सद्भाव खल्बलाउने र राज्य सचेत नभए यसको परिणाम भयावह हुने चेतावनी दिए ।

 

घटना उपर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सभामुखलाई सांसद यादवले आग्रहसमेत गरेका छन् । उनले हरेराम यादवमाथि भएको कुटपिट एउटा प्रतिनिधिमूलक घटना मात्र भएको जिकिर गर्दै यसलाई मधेशी जनताले गम्भीरतापूर्वक हेरिरहेको सभामुखलाई ध्यानाकर्षण गराए ।

 

महोत्तरीको महोत्तरी नगरपालिका–१ पर्साका हरेराम यादव उपर गत जेठ १० गते राती करिब ९ बजेतिर पहाडी मूलका युवाहरुको एक समूहद्धारा संघातिक आक्रमण भएको थियो ।

यस प्रकरणका अन्य समाचारहरु :

काठमाडौंमा मधेशी मूलका युवक उपर सांघातिक आक्रमण

'हरिराम यादवलाई न्याय देउ, अब मधेशीले रंगभेद सहदैन'

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७६ जेठ २० सोमबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus